कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रचण्डसँग आफ्नो भेटघाट नभएको बताएका छन् । सोमबार रातोपाटीसँग छोटो कुराकानी गर्दै कामु प्रधानन्यायाधीश कार्कीले प्रचण्डसँग भेट गरेको भनी आएका समाचार कपोलकल्पित रहेको बताएका हुन् ।यसअघि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको घरमा नै पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुईघण्टा भेटघाट गरेको दाबी गर्दै समाचार प्रकाशन भएका थिए । संवैधानिक नियुक्ति लिएका ५२ जना माननीयको मुद्दा संवैधानिक इजलासमा राखिएकै दिन गत बुधबार प्रचण्डले कामु प्रधानन्यायाधीशसँग दुई