अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन एसियाली विकास बैंक (एडीबी) सँग सघन साझेदारी आवश्यक भएकोमा जोड दिएका छन् ।
एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग शुक्रवार भएको ‘भुर्चुअल’ छलफलमा उनले साझेदारीको कुरामा जोड दिए ।
नेपालका उत्पादन नगण्य मात्रामा मात्र निर्यात भइरहेको बताउँदै अर्थमन्त्री शर्माले यसलाई बढाउन एडीबीसँग सहकार्य अपरिहार्य भएको उल्लेख गरे ।
‘नेपालको निकासी न्यून छ, उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तु निकासी गरी विश्व बजारमा पुर्&zw...