नेपाल हाइड्रो डेभलोपर्स र तेह्रथुम पावरको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको १५ मिनेटको अवधिमा  नेपाल हाइड्रो डेभलोपर्स र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । तेह्रथुमको शेयरमूल्य प्रतिकित्ता रू. ४८३ दशमलव ३० र नेपाल हाइड्रो डेभलोपर्सको रू. ५७५ दशमलव ३० पुगेको छ ।

सम्बन्धित सामग्री

३३.०३ अंक बढेर नेप्से २९३१ विन्दुमा, ३ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

माघ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३३ दशमलव शून्य ३ अंकले बढेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ९३१ दशमलव ३४ विन्दुमा पुगेको हो ।यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर ७५ हजार ५८२ पटकमा रू. ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रमध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुनलामा १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५०, तेह्रथुम पावरको रू.६३५ दशमलव ८० र बुद्धभुमि नेपाल हाइड्रोपावरको रू. ३१६ दशमलव ५० पुगेको छ । बजार बढेसँगै ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  यो दिन आइसीएफसी फाइनान्सको आइसीएफसी फाइनान्स डिबेञ्चर २०८३ नामक ऋणपत्रको मूल्य सबैभन्दा बढी अर्थात् ४ दशमलव ३९ प्रतिशतले घटेको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रू.१ हजार ९० मा झरेको हो । त्यसैगरी दोस्रोमा बोर्टलर्स नेपाल तराईको शेयरमूल्य १ दशमलव ८४ प्रतिशत घटेर प्रतिकित्ता रू.१४ हजार ४०० कायम भएको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री आइएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको रू. २२ करोड २० लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २१७ कायम भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपालधितोपत्र बोर्डबाट स्वीकृती पाएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले १० बराबर ४ को अनुपातमा रू.१०० अंकित दरको ४६ लाख ३० हजार  ३४४ कित्ता शेयर हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी यो दिन दोस्रोमा अपि पावर कम्पनीको रू. १८ करोड  ४७ लाख २४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । बजार यो दिन २ हजार ९०० विन्दुमा माथि पुगेर बन्द भएको छ । मंगलवार र बुधवार बजार घटेको थियो । घटेको बजारमा  पुन : क्रेताहरु आकर्षित हुँदा यो दिन बजार बढेको हो । पछिल्लो समय कोरोना संक्रमणदर तिब्र गतिमा वृद्धि भएको छ । सोही कारण अन्य लगानीका क्षेत्रहरु प्रभावित भएका छन् । यसको सकारात्मक प्रभाव भने केहि दिनयता शेयर बजारमा परेको देखिन्छ । त्यसोत आगामी वैशाख महीनामा स्थानिय निकायको निर्वाचन हुने चर्चा चलेको छ । यी सबै कारणले गर्दा समग्र शेयर बजार बुलिस प्रवत्तिमा रहेको देखिन्छ ।  बुधवार घटेको बजार साताको अन्तिम कारोबार दिन बिहीवार फेरि २ हजार ९०० विन्दु माथि आएर अडिएको छ । यसरी हेर्दा बजारले माथितिरकै यात्रा तय गर्न खोजे जस्तो देखिएको बजार विश्लेषकहरुले बताएका छन् ।

४३ अंकले बढेपछि २७ सयको बिन्दु नजिक नेप्से, होटेल र हाइड्रो समुहमा बढी आकर्षण

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४३.२९ अंकले बढेर २६९२.४७ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३८ कम्पनीका ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता शेयर कारोबारबाट ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै १६ करोड ३७ लाख , एनआइसी एसियाको १४ करोड ५२ लाख, तथा नेशनल माइक्रो फाइनान्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये होटेल समुह सबैभन्दा धेरै ३.४८ तथा हाइड्रो समुह २.४८ प्रतिशतले बढेको छ । आज मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल फाइनान्स र तेह्रथुम पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

अपर तामाकोशीसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको १० मिनेटको अवधिमा तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  अपर तामाकोशी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र तेह्रथुम पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । पञ्चकन्या माईको शेयरमूल्य प्रतिकित्ता रू.३८८ दशमलव ४०,अपर तामाकोशीको रू.७०५ दशमलव ४० र तेह्रथुम पावरको रू.५८४ दशमलव ७० पुगेको छ ।

अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सर्किट

कात्तिक ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको १५ मिनेट अवधिदेखि अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  अपर तामाकोशीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ६४१ दशमलव ३० र तेह्रथुम पावरको शेयरमूल्य रू.५३१ दशमलव ६० पुगेको छ ।

साताको शेयर बजार : रू. १६ अर्बको कारोबार

कात्तिक २७, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।             साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो ।             बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट ४ करोड रुपैयाँ र बढीमा १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ ।             नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल २३० ओटा कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९ दशमलव ३५ अंकले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कुल २ करोड ८६ लाख ४०९ कित्ता शेयर  १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० मूल्यमा खरीदविक्री भए ।             दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अंकले ओरालो लाग्यो । सोमवार नेप्से १९ दशमलव २० अंकले घटेर २ हजार ८२९ दशमलव ६४ मा आर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २ दशमलव ७१ ले ओरालो लागेर ५२८ दशमलव ३७ मा झरेको थियो । त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन । कुल २३० ओटा कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ मूल्यमा खरीदविक्री भए । सोमवारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब ७ करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको थियो ।             नेप्सेका अनुसार कारोबार भएका कुल १३ ओटा उपसमूहमध्ये सोमवार तीन ओटा उपसमूहको शेयर उकालो लाग्यो भने १०ओटा उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँ बराबरको कारोबार भयो ।             मंगलवार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य २ अंकले घटेर ५१२ दशमलव शून्य २ मा ओर्लियो । त्यस दिन नेप्से परिसूचक उच्च अंकले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो ।             कुल २२५ ओटा कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरीदविक्री भए । कारोबार भएका १३ ओटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँमा कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो ।             साताको अन्तिम दिन बिहीवार पनि नेप्से उच्च अंकले घट्यो । त्यस दिन नेप्से ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६९० दशमलव २९ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १० दशमलव ६३ अंकले घटेर ५०२ दशमलव १९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो । कुल २२५ ओटा कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० मूल्यमा खरीदविक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ ओटै उपसमूहको शेयर ओरालो लाग्यो ।             बिहीवार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रासस