फिजी एक चीन नीतिप्रति प्रतिबद्ध

फिजीका प्रधानमन्त्री भोरेके बैनीमारामाले एक चीन नीतिप्रति आफ्नो देशको प्रतिबद्धता दोहोर्याएका छन् । उनले सोमबार न्युजिल्यान्डस्थित रेडियो तरानासँगको अन्तर्वार्तामा चीन-फिजी सम्बन्ध बलियो भएको बताएका हुन् । "म सबैलाई स्पष्ट पार्न चाहन्छु । हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौँ । चीन फिजी र प्रशान्त क्षेत्रको लागि महत्त्वपूर्ण विकास साझेदार हो," उनले भने ।बैनीमारमाले चीन र फिजीबीचको घनिष्ट सहयोगको थप उल्लेख गर्दै "चीनसँग फिजीको द्विपक्षीय सम्बन्ध बलियो रहेको र यसले पारस्परिक सहयो

सम्बन्धित सामग्री

चीनले भ्रमण अनुमति दिएपछिको पर्यटन : पर्यटनकर्मी एमके कुलुङको विचार

सन् २०२३ लाग्नेबित्तिकै चीन सरकारले आफ्नो देशका नागरिकलाई विदेशमा पर्यटक भई घुम्न जान दिने निर्णय दुई चरणमा गरेको छ । उनीहरूलाई ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्पmत समूहमा विदेश भ्रमण गर्न जाने अनुमति दिएको हो । सन् २०१९ को अन्त्यतिर शुरू भएको कोभिड–१९ महामारीको ३ वर्षपछि चीन सरकारले दुई चरण गरेर ६० ओटा देशमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जाने अनुमति दिएको छ ।  पहिलो चरणमा विश्वका २० ओटा देश छानेर अनुमति जारी गरेको थियो । थाइल्यान्ड, इन्डोनेशिया, कम्बोडिया, श्रीलंका, माल्दिभ्स, मलेशिया, फिलिपिन्स, सिंगापुर, लाओस, युनाइटेड अरब इमिरेटस् (युएई), इजिप्ट, केन्या, रूस, दक्षिण अफ्रिका, स्वीट्जरल्यान्ड, हंगेरी, न्यूजील्यान्ड, फिजी, क्युबा र अर्जेन्टिना रहेका छन् । यी देशमा देशमा गएको फेब्रुअरी ६ तारीखदेखि चिनियाँ पर्यटक समूहमा घुम्न जान थाले । त्यस्तै गरेर चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले दोस्रो चरणमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जान पाउने विश्वका ४० ओटा देशको नाम सार्वजनिक गरेको छ । तिनमा नेपाल, ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, मौरिसस, नामिबिया, जिम्बाबे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोसिया, आइसल्यान्ड, अल्वानिया, इटली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोगा, सामोआ, ब्राजिल, चिली, डोमिनिका, एलसाल्भाडोर, रिपब्लिक अफ मोमिनिका, फ्रान्स, ग्रिस, स्पेन, उरूग्वे, पनामा, बहामास रहेका छन् । यी देशमा गएको मार्च १५ देखि चिनियाँ नागरिकहरू ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्फ समूहमा भ्रमण गर्न जान थालिसकेका छन् ।  चीन सरकारले पहिलो चरणमा विश्वका २० ओटा देशमा चिनियाँ नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जाने अनुमति दिएको देशमा नेपाल परेको थिएन । तर, दोस्रो चरणको सूचीमा भने नेपाल परेको छ । हालसालै एकै पटक १ सय ८० जना चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल भ्रमण गर्न आएका छन् । जुन पर्यटक समूहलाई नेपाल सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आदिले स्वागत गरेका थिए । एकैपटक नेपालमा १ सय ८० चिनियाँ पर्यटकलाई विमान चार्टर गरेर नेपाल भ्रमण गराउने ट्राभल कम्पनी बिग माउन्टेन ट्राभल हो । निश्चय नै यसले चिनियाँ पर्यटक नेपाल आउनका लागि सकारात्मक सन्देश दिएको छ ।  केही समयअघि चिनियाँ पर्यटन उद्योगसँग सम्बद्ध संस्था चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १ सय ५५ मिलियन चिनियाँ पर्यटक विदेश घुम्न निक्लिएका थिए । सन् २०२३ मा १ सय १० मिलियन चिनियाँ पर्यटक विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । ती मध्ये १ प्रतिशतलाई नेपालतर्फ आकर्षित गर्न सकेमा पनि १० लाखभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने देखिन्छ । तर, त्यसका लागि हामीले गर्नुपर्ने धेरै कामहरू तत्काल गर्न नसकिने अवस्था छ ।  कोभिड–१९ पछि को ३ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ । जस्तै सन् २०२० मा नेपालमा १९ हजार २५७ जना चिनियाँ पर्यटक आएका थिए भने सन् २०२१ मा केवल ६ हजार १९८ जना मात्रै । त्यस्तै सन् २०२२ मा ९ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए भने सन् २०२३ को जनवरी, फेब्रुअरी र मार्च महीनामा क्रमशः १४ सय ३६, २२ सय ३२ चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् ।  खासमा चीन सरकारले सन् २००३ देखि मात्रै चिनियाँ नागरिकलाई पर्यटकका रूपमा नेपाल आउने अनुमति दिन थालेको हो । त्यस वर्ष ७ हजार ५६२ जना चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल आएका थिए । त्यसयता नेपाल भ्रमण गर्न आउने चिनियाँहरूको संख्या लगातार बढिरहेको थियो । स्मरण रहोस्, सन् २०१९ मा १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा १ लाख ५३ हजार ६ सय ३३ जना, सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६५ जना, सन् २०१६ मा १ लाख ४ हजार पाँच जना, सन् २०१५ मा ६४ हजार ५ सय ७५ जना, सन् २०१४ मा १ लाख २३ हजार ८ सय पाँच जना र सन् २०१३ मा १ लाख १३ हजार १ सय ७३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको देखिन्छ ।  अब हामीले केकसो गरेर हुन्छ केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देश चीनलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । लगभग १ दशकदेखि चिनियाँ पर्यटक विश्वभरिका साना–ठूला देशका लागि आकर्षक र पहिलो नम्बर (धेरै संख्यामा विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) का पर्यटकका रूपमा रहेका छन् । तथापि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकचाहिँ खासै खर्चिलो नरहेको भन्ने पर्यटन क्षेत्रका व्यवसायीहरूको भनाइ रहेको छ । त्यसैले हामीले अब चिनियाँ पर्यटकको संख्यासँगै गुणस्तर बढाउनेतर्पm ध्यान दिनुपर्ने देखिन्छ । विश्वका अन्य देशमा धेरै खर्च गर्ने तिनै चिनियाँ पर्यटकले नेपालमा किन कम खर्च गर्छन् ? यो प्रश्नको जवाफ खोज्नैपर्ने हुन्छ ।  लेखक पर्यटनकर्मी हुन् ।

आज सुर्य ग्रहण

एजेन्सी । सन् २०२३ को पहिलो सूर्यग्रहण लागेको छ । यो सूर्यग्रहण अस्ट्रेलियामा देखिन थालेको छ । यो सुदूर पूर्वका धेरै देशहरूमा देखिनेछ, तर नेपालमा यो देखिने छैन। यो सूर्यग्रहण कम्बोडिया, चीन, मलेसिया, फिजी, जापान, थाइल्याण्ड, अन्टार्कटिका, न्युजिल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, सोलोमन, बरुनी, सिंगापुर, दक्षिण हिन्द महासागर र यस क्षेत्रमा पर्ने टापु तथा देशहरूमा देखिनेछ ।

चीन र भारतले तोड्न सक्लान् विश्व व्यापारमा डलरको एकछत्र राज ?

काठमाडौं । फ्रान्सले हालै मात्रै चिनियाँ मुद्रा युआन (रन्मिन्पी) प्रयोग गरेर तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) किनेको छ । संयुक्त अरब इमिरेट्स ‍(यूएई)बाट गएको महीनाको अन्त्यतिर ६५ हजार टन बराबरको एलएनजी फ्रान्स पठाइएको छ । सोको भुक्तानी युआनमा गरिएको भन्दै हालै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।  चीनको सरकारी तेल कम्पनी सीएनओओसी र फ्रान्सको बृहत् ऊर्जा कम्पनी टोटल इनर्जिजले शाङ्हाई पेट्रोलियम तथा प्राकृतिक ग्यास एक्सचेञ्जमार्फत एलएनजीका लागि पहिलो पटक युआनमा भुक्तानी गरेका छन् । चिनियाँ युआन प्रयोग गरेर फ्रान्सले एलएनजी किनेको यो पहिलो पटक हो ।  तर, फ्रान्सलाई बेचिएको यो तेल आफूले रुससँग किनेको हो भनेर चीनले भनेको छैन । टोटलले भने यूएईबाट एलएनजी ल्याएको भनेर पुष्टि गरेको भए पनि यसको थप विवरणहरू भने खुलाएको छैन । यसलाई धेरैले विश्व व्यापारमा डलरको एकछत्र राज सकिने संकेतको रूपमा हेरेका छन् ।  चीनले पछिल्लो समय रुससँग भारी मात्रामा तेल र ग्यास किनिरहेको छ । विश्व व्यापारमा डलरको वर्चश्व कमजोर पार्न अनि रन्मिन्पी (युआनको अर्को नामलाई) अन्तरराष्ट्रिय मुद्राका रूपमा स्थापित गर्न हालैका वर्षमा चीन लागिपरेको छ । यो लक्ष्य प्राप्तिका लागि तेल तथा ग्यासको कारोबारमा युआनमै भुक्तानी गर्नमा उसले विशेष जोड दिँदै आएको छ ।  गएको वर्षको डिसेम्बरमा साउदी अरब भ्रमणको समयमा चिनियाँ राष्ट्रपति सि चिनफिङले तेल र ग्यास व्यापारमा युआनमा भुक्तानीका लागि शाङ्हाई एक्सचेञ्जको पूरा प्रयोग गर्ने घोषणा गरेका थिए । टोटलले यही संयन्त्रको प्रयोग गरेर युआनमा भुक्तानी गरेको हो ।  चिनियाँ युआनले अहिले नै विश्व व्यापारमा डलरको वर्चश्व सखाप भने पार्न सक्दैन । विश्वको मुद्रा सञ्चिति र व्यापार भुक्तानीमा डलरको अनुपात ४१ प्रतिशत छ भने युआनको २ दशमलव ७ प्रतिशत मात्रै छ । युआन डलर‍जतिको स्थिर पनि छैन । गएको वर्षको पूर्वार्द्धमा युक्रेनमा आक्रमण गरेयता पश्चिमी राष्ट्रहरूले लगाएको चर्को प्रतिबन्धबीच रुसले पनि युआन स्वीकार गर्ने क्रम तीव्र भएको छ ।  रुसी अर्थतन्त्रको खम्बा तेलमाथि निशाना बनाउन पश्चिमी देशहरूले कठोर खालको प्रतिबन्धहरू लगाइरहेको समयमा अमेरिकी डलर र यूरोप्रतिको ‘एक्सपोजर’ कम गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युआन एक मात्रै विकल्प बनेको छ । डलरमाथिको निर्भरता कम गर्न अनि घरेलु मुद्राको अन्तरराष्ट्रियकरण गर्न भारतले पनि हालैका वर्षहरूमा भारतीय रुपया (भारु)मा कारोबार र भुक्तानीमाथि विशेष जोड दिइरहेको छ ।  डलर धेरै बलियो बनेको वा अभाव भएको समयमा विश्वको मुद्रा विनिमय बजारमा उतारचढाव आएर महँगी बढ्ने अनि ब्याजदर अकासिने अवस्थाबीच अहिले भारत र चीनले विश्व व्यापारमा डलरको प्रभुत्व कम गर्न छुट्टाछुट्टै प्रयास थालेका छन् । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले हालै मात्रै तान्जानिया, केन्या र युगान्डासमेतका १८ देशलाई विशेष खालको भोष्ट्रो रुपया खाता खोल्न अनुमति दिएको थियो ।  विश्व व्यापारमा डलरलाई विस्थापित गर्ने बृहत् पहलका रुपमा भारुमै भुक्तानी गर्न सो प्रयास गरिएको हो । आरबीआईले भोष्ट्रो खाता खोल्न दिएका अन्य देशहरूमा बोत्स्वाना, फिजी, जर्मनी, गुएना, इजरायल, मलेशिया, मरिसस, म्यानमार, न्यूजिल्यान्ड, ओमान, रुस, सेशेलस, सिंगापुर, श्रीलंका र बेलायत छन् । भारतका संघीय वित्त राज्यमन्त्री भागवत कृष्णराव कारदका अनुसार आरबीआईले यस्तो खालको ६० ओटा अनुमति दिएको छ ।  यो व्यवस्थाअन्तर्गत भारतीय आयातकर्ताहरूले विदेशी व्यापारीलाई भारुमा भुक्तानी गर्दा भुक्तानी गरेको रकम भोष्ट्रो खातामा जानेछ । भारतीय निर्यातकर्तालाई उसले बेचेको वस्तु र सेवाको भुक्तानी चाहियो भने आयातकर्ताको भोष्ट्रो खातामा रहेको पैसा काटिनेछ । ००० चिनियाँ राष्ट्रपति सि चिनफिङको राजकीय रुस भ्रमणको समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ युआनलाई ‘इन्डोर्स’ गरेका थिए । मार्च २१ मा सि र पुटिनबीच १४ ओटा आर्थिक सम्झौता भएको छ । यसमा वैज्ञानिक सहकार्यदेखि टिभी कार्यक्रम उत्पादनमा सहकार्यका साथै विश्वभर डलरको जगजगी कम गर्ने उपायहरू खोज्नेसम्मका विषयहरू समेटिएको छ । विकासशिल देशहरूमा रुसी लगानीका लागि चिनियाँ युआनलाई प्रयोग गरिने पुटिनले बताएका थिए । रुस अनि एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूबीच भुक्तानीको माध्यमको रूपमा चिनियाँ युआनको प्रयोगको पक्षमा आफूहरू भएको पुटिनले भनेका थिए ।  चीनले युआनलाई सञ्चिति मुद्रा बनाएर विश्वभर सबैले स्वीकार गर्ने मुद्राका रूपमा परिणत गर्ने अनि यसलाई विश्वव्यापी भुक्तानीको माध्यम बनाउने जोड दिइरहँदा युआनको प्रयोग विश्वभर बढेको छ । डलर महँगिएर किन्नै नसक्ने बनेपछि अफ्रिकी अर्थतन्त्रहरूले पनि डलरको सट्टा युआनलाई सञ्चिति मुद्राको रूपमा प्रयोग गर्न थालेका छन् । चीनले बेलायत, सिंगापुर, हङकङ, उत्तर अमेरिकी बजारहरूमा अफशोर युआन भुक्तानी केन्द्र खोलेको छ । यसबाहेक ४१ देशहरूसँगको करेन्सी स्वाप पनि युआनमै छ ।  बेलाबेलामा अमेरिकासँग कहिले राजनीतिक त कहिले व्यापार तनाव बढिरहेको अवस्थामा चीनले आत्मनिर्भर हुन डलरमाथिको निर्भरता सकेसम्म कम गर्न खोजिरहेको छ । डलर बलियो बनेर आफ्नो निर्यात महँगो हुन थालेपछि निर्यातको लागत कम गर्नसमेत विश्व व्यापारमा चीन डलरको प्रयोगलाई सकेसम्म छल्न खोज्दैछ । अहिले डलर सन् १९७१ मा यसको खुला विनिमय शुरु भएयताकै तेस्रो ‘सेक्युलर’ बुलिश अवस्थामा छ । सन् २०२२ को मार्चमा साउदीले पनि चीनलाई बेचिने तेलको भुक्तानी युआनमै गर्न शुरु गर्ने विचार गरेको बताएको थियो । विश्वको वित्तीय प्रणालीमा डलरको प्रभावलाई कमजोर बनाउन नै लक्षित थियो । अहिले विश्वभर किनबेच हुने झन्डै ८० प्रतिशत तेलको भुक्तानी अमेरिकी डलरमा हुने गरेको छ । एशियाका दुई ठूला उदीयमान शक्ति राष्ट्रहरूले डलरको प्रभाव कम गर्न अरु देशहरूसँगको व्यापारमा घरेलु मुद्रा प्रयोग गर्ने रणनीति बनाएका छन् । यस्तोमा माल्दिभ्स लगायत अन्य देशहरूले पनि डलरमाथिको निर्भरता कम गर्न खोजिरहेका छन् । यसले डलरको वर्चश्वलाई कस्तो खालको असर पर्ला ? यो भने हेर्न बाँकी नै छ । एजेन्सीहरूको सहयोगमा

फिजी एक चीन नीतिप्रति प्रतिबद्ध

एजेन्सी । फिजीका प्रधानमन्त्री भोरेके बैनीमारामाले एक चीन नीतिप्रति आफ्नो देशको प्रतिबद्धता दोहोर्याएका छन् । उनले सोमबार न्युजिल्यान्डस्थित रेडियो तरानासँगको अन्तर्वार्तामा चीन-फिजी सम्बन्ध बलियो भएको बताएका हुन् ।

चीन र प्रशान्त क्षेत्रका टापु देशबीच सुरक्षा सम्झौता विफल

एजेन्सी, १६ जेठ । चीन र प्रशान्त क्षेत्रका टापु देशहरुबीचको हुने भनिएको सुरक्षा सम्झौता विफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ ई १० वटा प्रशान्त क्षेत्रका देशहरुसँग सुरक्षा सम्झौता गर्ने सहमति निर्माणमा सफल हुन नसकेका हुन् । वाङको प्रस्तावले क्षेत्रीय स्थिरतामा चुनौती बन्न सक्ने विषय उठेको छ । सोमबार फिजी पुगेका वाङले प्रशान्त क्षेत्रका १० […]

राष्ट्रपति सीद्वारा फिजीका राष्ट्रपति काटोनिभेरेलाई बधाइ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार रातु विलियम काटोनिभेरेलाई फिजीको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेकोमा बधाइ सन्देश पठाएका छन् । नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने फिजी पहिलो प्रशान्त टापु राष्ट्र भएको उल्लेख गर्दै सीले ४६ वर्षअघि सम्बन्ध स्थापना भएदेखि नै चीन-फिजी सम्बन्धले उल्लेखनीय प्रगति गरेको र समान व्यवहार र मैत्रीपूर्ण सहयोगको नमूना बनेको बताएका […]

फिजीमा चीन-ताइवानका कूटनीतिज्ञबीचको झगडाले पुन: तनाव

फिजी । चीन र ताइवानबीच लामो समयदेखि उत्पन्‍न तनाव बढ्दै गएर कूटनीतिज्ञहरु कुटाकुटमै उत्रिएका छन् । फिजीको