काठमाडौं : नेपाली शान्ति सैनिक लिएर बुधबार राति काठमाडौंबाट गएको नेपाल वायुसेवा निगमको जहाज पांग्रा पन्चर भएकाले पश्चिम अफ्रिकास्थित मालीमा ग्राउन्डेड भएको छ। जगेडा पांग्रा नपाइएपछि मालीबाट नेपाल फर्किन लागेका ७५ जना सैनिक उतै अलपत्र परेका छन्। बुधबार राति काठमाडौंबाट शान्ति मिसनमा खटिएका सेनाहरूको टोलीलाई बोकेर दोहा हुँदै माली पुगेको थियो। ‘जहाजको पांग्रा पन्चर भएपछि ग्राउन्डेड भएको खबर आएको छ, हाम्रो प्राविधिक टोली छिटोभन्दा छिटो टायर उपलब्ध गराएर जहाजलाई रेस्क्यु गर्न जुट