सपोर्ट लघुवित्तले ६ महिनामा कमायो ८६ लाख रूपैयाँभन्दा बढी नाफा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनासम्म ८६ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिमा कम्पनीले करिब २४७ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २४ लाख ९१ लाख रूपैयाँ मात्र खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन नाफा करिब ११४ प्रतिशत बढेकाले यस वर्ष खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष ३३ लाख ६९ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ७२ लाख ४ हजार सञ्चालन नाफा गरेको हो । ११ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रूपैयाँ कायम गरेको कम्पनीको जगेडा कोष रकम ५ करोड ४० लाख रूपैयाँभन्दा बढी कायम भएको छ । कर्जा सापटी गत वर्षभन्दा २९ प्रतिशत बढी १ अर्ब २८ करोड ४१ लाख रूपैयाँ छ भने कर्जा प्रवाह साढे २४ प्रतिशत बढी १ अर्ब ७० करोड रूपैयाँ रहेको छ । निक्षेप संकलन भने करिब १४ प्रतिशत बढेर ३२ करोड ४३ लाख रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष ३ दशमलव ५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर १ दशमलव ५४ प्रतिशतमा झरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रूपैयाँ १५ पैसा र प्रतिशेयर नेटवर्थ १५६ रूपैयाा ७९ पैसा रहेको छ । रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस   

सम्बन्धित सामग्री

१२ ओटा लघुवित्त कम्पनीले लाभांश दिने, ९ ओटाले नदिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५४ लघुवित्त वित्तीय कम्पनीहरूमध्ये गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा १२ लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने ९ लघुवित्त कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  युनिक नेपाल लघुवित्त, फर्ष्ट माइक्रोफाइनान्स, एनआईसी एशिया बैंक, छिमेक लघुवित्त, साना किसान लघुवित्त, सपोर्ट लघुवित्त, स्वावलम्बन लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, आरएसडिसी लघुवित्त, समता घरेलु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये केहीले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् भने केहीले भने लाभांश पारितका लागि साधारण सभाको मिति तय गरेका छन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै फष्र्ट माइक्रोफाइनान्सले भने समान दरमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।  त्यस्तै एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ६ गते साधारण सभा बोलाएको छ ।  छिमेक लघुवित्तले पनि यस वर्ष बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएको छ । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  साना किसान लघुवित्तले भने १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । धौलागिरी लघुवित्तले पनि १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्तले ८ दशलमव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ ।  समता घरेलु लघुवित्र वित्तीय संस्थाले ५ दशलमव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कुन कम्पनीको लाभांश कति ? स्रोत : कम्पनीहरूको सूचनाबाट ।  ९ ओटा कम्पनीले भने लाभांश नदिने  अहिलेसम्म ९ ओटा लघुवित्त वित्तीय संस्थाले भने यस वर्ष आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । ग्रामिण विकास लघुवित्त, हिमालयन लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, गणपति लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्तले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।  गत आवमा आर्थिक मन्दीका कारण सूचीकृत कम्पनीहरूको नाफा प्रभावित भएको छ । नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकारहरू बताउँछन् ।

सम्भावित जोखिम शीर्षकमा रकम नछुट्याएको सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो वर्षको तुलनामा १३२ दशमलव २३ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष २ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष सम्भावित जोखिम शीर्षकमा १ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको कम्पनीले गत वर्ष यो शीर्षकमा कुनै पनि रकम छुट्याएन, जसको सकारात्मक प्रभाव कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा परेको हो । साथै कम्पनीको खराब कर्जा संकलनसमेत अघिल्लो वर्षभन्दा गत वर्ष बढी भएको छ । अघिल्लो वर्ष २१ लाख ६० हजार रुपैयाँ मात्र खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष १ करोड ६९ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा गत वर्ष ४२ प्रतिशत बढी अर्थात् १ करोड ९१ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम ५ करोड २० लाख ८७ हजार कायम छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा साढे ११ प्रतिशत बढी अर्थात् १ अर्ब ६ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको निक्षेप संकलन १२ दशमलव ६१ प्रतिशत बढी अर्थात् ३० करोड ३३ लाख रुपैयाँ  छ । कम्पनीले अघिल्लो वर्षभन्दा करिब १२ प्रतिशत बढी अर्थात् १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा करीब ७ प्रतिशत घटेर १ दशमलव ८३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष कम्पनीको निष्क्रिय कर्जा ८ दशमलव ५६ प्रतिशत रहेको थियो । वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सपोर्ट लघुवित्तको नाफा यस वर्ष करीब ४३ प्रतिशत घट्यो

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (Support Laghubitta Bittiya Sanstha Ltd.) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६३ लाख ३५ हजार मात्र खुद नाफा (Net Profit) गरेको छ । गत वर्षको यसै अवधिसम्म रू. १ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४२ दशमलव ८८ प्रतिशत कम यो नाफा गरेको हो । ब्याज आम्दानी गत वर्षको तुलनामा बढेको कम्पनीको ब्याज खर्च बढ्दा नाफामा असर परेको देखिन्छ । गत वर्ष रू. ११ करोड ७२ लाखभन्दा बढी ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ८ लाखभन्दा बढी ब्याज आम्दानी गरेको हो । ब्याज खर्च भने गत वर्ष रू. ६ करोड २९ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. १० करोड ५६ लाखभन्दा बढी भएको छ । यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी गत वर्षभन्दा करीब १७ प्रतिशत कम भएको हो । यस वर्ष रू. ४० लाख १५ हजार खराब कर्जा संकलन गरेको कम्पनीले सम्भावित जोखिम शीर्षकमा कुनै पनि रकम छुट्याएको छैन । तर पनि कम्पनीको सञ्चालन नाफा ६५ दशमलव ७० प्रतिशत कम भएको छ । गत वर्ष रू. १ करोड ७५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६० लाख ३५ हजार मात्र यो नाफा गरेको हो ।  ११ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी रू. ९ करोड ५२ लाख ३८ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ११ दशमलव ४४ प्रतिशत कम रू. ३ करोड ६५ लाखभन्दा बढी कायम छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले साढे १२ प्रतिशत बढी रू. २८ करोड ७८ लाख निक्षेप संकलन गरेको छ भने करीब १२ प्रतिशत बढी रू. १ अर्ब ३९ करोड ७० लाख कर्जा प्रवाह गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत वर्ष यस अवधिसम्म ४ दशमलव १४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव २५ प्रतिशतमा झरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ८६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. १३८ दशमलव ४० रहेको छ । वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

यस कारण घट्यो सपोर्ट लघुवित्तको नाफा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७४ प्रतिशत घटेको छ । गत आवमा रू. ९९ लाख ७ हजार नाफा कमाएको कम्पनी चालू आवमा रू. २४ लाख ९१ हजारमा सीमित भएको छ । चालू आवमा कम्पनीको अन्य सञ्चालन खर्चमा वृद्धि तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशत र सञ्चालन नाफा ७८ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको अन्य सञ्चालन खर्चमा ७५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको अन्य सञ्चालन खर्च रू. ६८ लाख ३१ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड २० लाख पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ८ करोड ५८ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ५ करोड ३९ लाख सञ्चित गरेको छ । रू. ९९ करोड ४३ लाख सापटी र रू. २८ करोड ५४ लाख निक्षेप संकलन गरेको कम्पनीले रू. १ अर्ब ३६ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ८१, तरलता अनुपात १७ दशमलव ६५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ८३ रहेको छ ।  रिर्पोट हेर्न यँहा क्लिक गर्नुहोस

चैत मसान्तसम्म सपोर्ट लघुवित्तले कमायो १ करोड १० लाख नाफा

वैशाख २५, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा रू. १ करोड १० लाख ८४ हजार खुद नाफा गरेको छ । कम्पनीको नाफा यस वर्ष गत वर्षको भन्दा ४७ दशमलव ९० प्रतिशतले घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा पनि ४७ दशमलव ९० प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. १ करोड ७५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ३ करोड ३७ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा २ दशमलव ८१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४ करोड १ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ४ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ दशमलव २८ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ६ दशमलव ९० प्रतिशतले घटेको छ ।  कम्पनीको खराब कर्जा ४ दशमलव १४ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी १७ दशमलव २३, मूल्य आम्दानी अनुपात ९६ दशमलव ८९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४८ दशमलव १४ छ ।  हाल कम्पनीको चुक्तापूँजी ८ करोड ५८ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ३० प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी ६ करोड ६० लाख रुपैयाँ थियो ।

पहिलो त्रैमासमा सपोर्ट लघुवित्तको खुद नाफा करीब ७० % घट्यो

कात्तिक २५, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ  ।  उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ६९ दशमलव ९५ प्रतिशत कम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ४५ लाख ८२ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १३ लाख ७७ हजार मात्र यो नाफा गरेको हो । सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष ६९ दशमलव ९६ प्रतिशत कम रू. २ करोड १० लाखभन्दा बढी भएको छ । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ३१ लाख ११ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ५० लाख ३४  हजार छुट्याएको छ । खुद व्याज आम्दानी पनि गत वर्षभन्दा करीब ४ प्रतिशत कम रू. १ करोड ७१ लाख ९३ हजार भएको छ । हाल कम्पनीको चुुक्तापूँजी रू. ६ करोड ६० लाख रहेको छ भने जगेडा कोष रकम रू. ५ करोड ३६ लाख ९३ हजार छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष १०१ दशमलव ४४ प्रतिशत बढी कायम भएको हो । कम्पनीले यस वर्ष पहिलो त्रैमाससम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० प्रतिशत बढी रू. ८५ करोड ४९ लाख ५८ हजार कर्जा सापटी लिएको छ । ९ दशमलव ४० प्रतिशत बढी अर्थात् रू. २१ करोड ३ लाख २८ हजार निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६२ प्रतिशत बढी अर्थात  रू. १ अर्ब ७ करोड २४ लाख ८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम्म २ दशमलव ३६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ३ दशमलव ८८ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ३५ मा झरेको छ । गत वर्ष यो रकम रू. २८ दशमलव ९५ थियो । यो पनि हेर्नुस् : चौथो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा ३.३४ गुणा बढ्यो दोस्रो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा २.४ गुणा बढ्यो सपोर्ट लघुवित्तद्वारा शेयरधनीलाई ३१.५७ % लाभांश प्रस्ताव