कर्मचारीलाई थर्काउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरु कामै गर्नुहुन्न यार’

आज निजामति सेवा दिवस । निजामति सेवा दिवसका अवसरमा हरेक वर्ष जस्तै आज पनि कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको प्रमुख अतिथि थिए प्रधानमन्त्री शेरबहादुर देउवा ।समकालिन नेताहरुको तुलनामा प्रधानमन्त्री शेरबहादुर देउवा यस्ता नेता हुन्, जो सार्वजनिक मञ्चमा उभिएर सबैभन्दा कम समय भाषण गर्छन् । सँगै, खासै कसैप्रति टिप्पणी पनि गर्दैनन् । तर, आजको दृश्य फरक देखियो । उनी कर्मचारीसँग निकै रिसाए । यति मात्रै होइन, देशको हालत खराब हुनुमा राजनीतिक दलको मात्रै नभई स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रको पनि उत्तिकै हात रहेको दाबी पनि गरे । ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन, सत्य कुरा यहीँ हो’ भन्दै अलि कठोर शब्दहरु मिसाएर भाषण सुरु गरेका प्रधानमन्त्री देउवाले भने, ‘सरकार अस्थायी हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ ।’ आज अलि फरक शैलीमा प्रस्तुत भएका देउवाले कर्मचारीहरुको झाँको झार्न बाँकी राखेनन् । ‘यो देशको दुर्गति हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्युरोक्रेसी पनि हो ? किन काम भइरहेको छैन अहिले यहाँ ? व्यापक छलफल गरौँ । हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, देशको दुर्गति छ’ प्रधानमन्त्री देउवाले भने । कर्मचारीहरु राज्यको सुविधा लिएर पनि दुर्गम क्षेत्रका जनताको सेवामा नजाने गरेको प्रति पनि देउवाले पोख्नुसम्म आक्रोश पोखे । ‘दुर्गममा कर्मचारी जाँदै जाँदैनन्, साइन गर्छ फर्किहाल्छ, बस्दै बस्दैन । त्यसकारण यसबारे व्यापक छलफल हुनुपर्छ । देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन । एउटा बाटो बनाउन लाग्यो भने २५ वर्षसम्म काम सकिन्न्’ उनले भने ।देउवा यत्तिमै रोकिएनन् । फेरि ‘बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन सरकार तयार नै छ । तर देशभरको अवस्था त्यस्तै छ । पोलिसीले मात्रै केही हुनेवाला छैन, ब्युरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्युरोक्रेसी छ ।  स्थानीय, प्रदेश, केन्द्रीय ब्युरोक्रेसी छ, तै पनि काम भएको छैन । यसको जिम्मेवार को हो ? व्यापक छलफल गरौँ’ उनले भन्न छोडेनन्, ‘तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ ? पैसा नै छैन, कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो ।’ कर्मचारीहरु जिम्मेवार नभएको प्रति पनि उनले आक्रोश नै पोखे ।‘जनताको सेवा गर्ने पहिलो माध्यम ब्यूरोकेसी हो नि, उसैले गर्दैन त कसरी देश बन्छ ? डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ ? सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ’ प्रधानमन्त्री देउवाले आक्रोशित हुँदै भने ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले विशेष बैठक बोलाएको तर बैठकको एजेन्डा केही थाहा नभएको खानेपानी तथा सरसरफाई मन्त्री महिन्द्र राय यादवले बताए । ‘प्रधानमन्त्रीले विशेष बैठक बोलाउनुभएको छ । बैठकको एजेन्डा आएको छैन । देशमा भूकम्पको यति ठूलो क्षति भएको छ […]

महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिने

प्रतिनिधि सभा सदस्‍यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको छ।...

मिटरब्याज पीडितहरुालई आजै प्रधानमन्त्रीले भेट्ने

काठमाडौं, १७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग भेट गर्ने भएका छन्। शुक्रवार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने भएका हुन्। छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको जनाए। उनले सरकारसँगको छलफल सकारात्मक रहेको बताए।

प्रधानमन्त्रीले गर्ने काम गृहमन्त्रीले सम्हाल्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि उनकाे जिम्मेवारी गृह मन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेको राष्ट्

सरकारका प्रवक्ता भन्छन्– प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएकै छैन

८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले भने प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’ प्रवक्ता कार्कीले भने । प्रधानमन्त्रीले […]

प्रचण्डलाई फोन गरेर प्रधानमन्त्रीले दिए निम्तो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरी शनिबारको सर्वदलीय बैठकमा निमन्त्रणा दिएका छन् । संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिका सम्वन्धमा छलफल गर्न बैठक बस्न लागेकाे हाे। बैठकमा सहभागिताका लागि प्रचण्डलगायत नेताहरुलाई प्रधानमन्त्रीले फोन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा पुनः न्याय पाएको महशुस गरिएको उनको भनाइ थियो । अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग […] The post प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.