लगानी बोर्डले भारतको एनएचपीसीलाई दियो ४५० मेवा क्षमताको सेती - ६ आयोजनाको अध्ययन गर्न

काठमाडौं । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाट(मेवा) को सेती नदी–६ जलविद्युत् आयोजनाको अध्ययनका लागि अनुमतिपत्र दिएको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो । बिहीवार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र पनि हस्तान्तरण गरेका छन् । बोर्डले तीन महीनाभित्र आयोजना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन र २१ महीनाभित्र विस्तृत आयोजनाको प्रतिवेदन (डीपीआर) बुझाउनुपर्ने गरी अनुमति दिएको हो । कम्पनीले सेती नदी–६ सँगै ७५० मेगावाटको पश्चिम सेती पनि अघि बढाएको छ । अहिले कम्पनीले पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन बुझाएर विस्तृत अध्ययनको काम गरिरहेको छ । २०७९ जेठ २३ मा बसेको लगानी बोर्डको ५१ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट उत्पादन क्षमताको सेती नदी–६ आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो । गत साउन २३ मा बसेको लगानी बोर्डको ५२ औं बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो ।  ती दुवै आयोजना एउटै नदी (बेसिन) मा ५० किलोमिटर दूरीमा छन् । माथिल्लो तटीय आयोजनाका रूपमा पश्चिम सेती र तल्लो तटीय आयोजनाका रूपमा सेती नदी–६ सँगसँगै निर्माण भए कुल १ हजार २०० मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन हुनेछ । लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते निर्माण सम्झौता भएको थियो । एनएचपीसीले ती दुवै आयोजनाबाट उत्पादित बिजुली बेच्न अर्को भारतको सरकारी पावर ट्रेड कर्पोरेसन इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत् खरीदविक्रीका लागि पनि सम्झौता गरिसकेको छ । दुवै आयोजना निर्माण गर्न ३ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने र एनएचपिसीले २ खर्ब ८८ अर्ब रुपैयाँ (१ खर्ब ८० अर्ब भारु) जुटाउने बाचा गरेको छ । जलविद्युत् र सोलारबाट गरी दुई दर्जन आयोजना सम्पन्न गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको एनएचपीसीका ७ हजार ५३९ मेगावाट क्षमताका ११ ओटा आयोजना निर्माणाधीन छन् ।  एनएचपीसीले विकास गरेका आयोजनाबाट वार्षिक २४ अर्ब ८५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०२१–२२ मा एनएचपीसीले बिजुली बेचेर ८१ अर्ब ८१ करोड भारु आम्दानी गरेको थियो । सो अवधिमा एनएचपीसीको खुद ३५ अर्ब ३८ करोड भारु नाफा कमाएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । एनएचपीसीले सिक्किम, अरुणाचल, हिमाञ्चल, मध्यप्रदेश, जम्मु–कश्मिर, उत्तराखण्ड र लद्दाखमा जलविद्युत आयोजना विकास गरिरहेको छ ।

सम्बन्धित सामग्री

पश्चिम सेती र सेती नदी-६को बिजुली बेच्न पीटीसी इन्डियासँग एमओयू

१५ भदौ, काठमाडौं । एनएचपीसी इन्डिया लिमिटेडले बिजुली बिक्री गर्न पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । नेपालमा लगानी बोर्ड नेपालबाट अध्ययन अनुमतिपत्र लिएका पश्चिम सेती र सेती नदी-६ जलविद्युत परियोजनाबाट उत्पालित बिजुली विक्रीका लागि भन्दै यस्तो एमओयू भएको हो । एमओयूमा एनएचपीसीका सीएमडी एके सिंह र पीटीसी इन्डियाका […]

पश्चिम सेती र सेती ६ को अध्ययन भारतीय कम्पनीले गर्ने

७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत् आयोजनाको विस्तृत परियोजना अध्ययन सर्वेक्षण अनुमतिपत्रको अध्ययन गर्न नेपालको लगानी बोर्ड र भारतीय कम्पनी एनएचपिसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।...

पश्चिम सेती र सेती नदी–६ः सम्भाव्यता अध्ययन गर्न एनएचपीसीसँग समझदारी

काठमाडौं, भदौ ३ । चर्चित पश्चिम सेती र अर्को सेती नदी–६ जलविद्युत् परियोजनाको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग समझदारी भएको छ । समझदारीपत्र (एमओयू) मा बिहीवार लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन् । एमओयूमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर […]

पश्चिम सेती निर्माण गर्न भारतीय कम्पनीसँग समझदारी हुँदै

सात सय ५० मेगावाटको पश्चिम सेती र चार सय ५० मेगावाटको एसआर–६ जलविद्युत्को परियोजना विकास अध्ययन गर्न भारतीय सरकारी स्वामित्वको कम्पनी एनएचपिसीसँग एक महिनाभित्रै समझदारी (एमओयू) गरिने भएको छ । लगानी...

पश्चिम सेती र एसआर ६ आयोजना भारतीय कम्पनीले पायो

लगानी बोर्ड नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ ।

सेती नदी–६ र पश्चिम सेती भारतीय कम्पनीलाई

काठमाडौं, जेठ २४ । सरकारले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउन भारतीय कम्पनीलाई दिने भएको छ । उक्त आयोजना सम्बन्धमा अध्ययन गर्न बनेको सरकारी समितिले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाउनु उपयुक्त हुने भन्दै लगानी बोर्डलाई सिफारिश गरेको थियो । बोर्डले सोहीअनुसार पीपीपी मोडेलमै पश्चिम सेती आयोजना बनाउन भारतीय सरकारी स्वामित्वको एनएचपीसी लिमिटेडलाई […]

सेती नदी जलविद्युत आयोजनाको अवलोकन

पोखरा- गाण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शनिबार सेती नदी जलविद्युत आयोजनाको अध्ययन तथा अवलोकन गरेका छन् । उक्त आयोजनामा हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको रेसिडेण्ट इन्जिनियर रामराज कोइरालाले बताए ।माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलास्थित भराभरीमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजना डिसेण्डिङ वेसिन (पाइप सिस्टम) बाट निर्माण हुन लागेको २५ मेगावाट क्षमताको […]

पश्चिम सेती जलविद्युत : चिनियाँले छाडेको ३ वर्षपछि बल्ल अध्ययन

धनगढी : सरकारले लगानी बोर्डमार्फत पश्चिम सेती तथा एसआर–६ जलविद्युत आयोजना निर्माण अघि बढाउने निर्णय गरेको छ। निर्णयपछि आइतबार पहिलो पटक १५ सदस्यीय सरकारी टोली पश्चिम सेती आयोजनास्थल पुगेको छ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट सहितको टोलीले ६ महिनाभित्र दुवै आयोजना अध्ययन गरी दृष्टिकोणसहित सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ।चिनियाँ कम्पनी थ्रि गर्जेजले ०७५ भदौमा पश्चिम सेती आयोजनाबाट हात झिकेपछि आयो