विकास बैंक र फाइनान्सले ब्याजदर घटाउने

२९ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेपनि विकास बैंक र वित्त कम्पनीले भने घटाउने भएका छन् । मंगलबार बसेको बैठकले ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पाख्रेलले बताए । निक्षेपको सबै प्रोडक्टमा ०.१५ प्रतिशत बिन्दुका दरले ब्याजदर […]

सम्बन्धित सामग्री

बैंक–वित्तीय संस्थाहरूको तरलतामा सुधार, थप साढे २ खर्ब कर्जा दिनसक्ने

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूमा निक्षेप वृद्धिसँगै तरलताको अवस्थामा सुधार आएपछि साढे २ खर्ब रुपैयाँ थप ऋण प्रवाह गर्नसक्ने क्षमता पुगेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार मंगलवार वित्तीय प्रणालीमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चैत २० गते सोमवार बैंक, वित्तीय संस्थाहरूसँग कुल ५४ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत २१ गते मंगलवार बढेर ५४ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ८४ अर्बबाट बढेर ४७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरूको निक्षेप पनि ६ खर्ब ४० अर्बबाट बढेर ६ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।  गत साताको अन्तिम दिन शुक्रवार पनि बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । चैत १६ गते बिहीवार बैंकहरूसँग कुल ५४ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १७ गते शुक्रवार बढेर ५४ खर्ब २५ अर्ब रुपैयाँ पुगेको थियो ।  मंगलवार बैंक, वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव ४३ प्रतिशतमा झरेको छ । केन्द्रीय बैंकको प्रावधानअनुसार बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्नुपर्छ । यसले बैंकहरूसँग २ खर्ब ४८ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नसक्ने क्षमता रहेको देखाउँछ ।  तर, ब्याजदर उच्च हुँदा पछिल्लो समय नयाँ कर्जा प्रवाह हुन सकेको छैन । बैंकहरूले पनि बजारको अवस्था सहज नभएको भन्दै कर्जा प्रवाहमा कडाइ गर्दै आएका छन् । बैंकरहरूले पनि कर्जाको माग नभएको बताउँदै आएका छन् ।  राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूको कर्जा घटिरहेको छ । गत सोमवारसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मंगलवार भने घटेर ४८ खर्ब २२ अर्ब रुपैयाँ कायम भएको छ । वाणिज्य बैंकहरूको कर्जा ३ अर्बले घट्दा विकास बैंक र फाइनान्सको स्थिर देखिएको छ । सोमवारसम्म वाणिज्य बैंकहरूले कुल ४२ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा मंगलवारसम्म ४२ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको हो ।  तरलताको अवस्था सहज भएपछि बैंकहरूबीच कारोबार हुने अन्तरबैंक ब्याजदर पनि घटेको छ । सोमवार ७ दशमलव शून्य २ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर मंगलवार ७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  तरलताको अवस्था सहज भएसँगै बैंकहरूलाई ब्याजदर घटाउन चर्को दबाब छ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि बैंकर र राष्ट्र बैंकका अधिकारीसँग छुट्टाछुट्टै छलफल गरी ब्याजदर घटाउने उपायबारे चासो राखेका थिए ।  चैतमा निक्षेपको ब्याजदर सामान्य रूपमा कम गरेका बैंकहरूले कर्जाको प्रिमियमदर समेत घटाएका थिए । राष्ट्र बैंकको निर्देशनअनुसार चैतपछि निक्षेप र कर्जाको ब्याज अन्तर (स्प्रेडदर) घटाउनुपर्ने र आधारदरसमेत घट्ने भएकाले कर्जाको ब्याजदर पनि स्वतः कम हुने बैंकरहरूले बताउँदै आएका छन् ।

बैंक तथा वित्तीय संस्थामा आजदेखि घटेको व्याजदर लागू, कसको कति छ ?

काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागू भएको छ । वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधबारबाट लागू भएको हो । चैत १ देखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम […]

आजदेखि घट्‌यो बैंकहरूको ब्याजदर : कुनमा कति घट्‌यो ?

काठमाडौँ- वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागू भएको छ । वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था संघले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधबारबाट लागू भएको हो । चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा ...

शेयर बजारमा पुस ७ पछिकै न्यून भयो कारोबार, २५ अंकको उतारचढावसहित हरियोमा बन्द

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १ दशमलव ८५ अंक बढेर १ हजार ९५३ दशमलव शून्य ६ विन्दुमा पुगेको हो ।   मंगलवार बजार केही सम्हालिन खोजेको देखिन्छ ।  वाणिज्य बैंकसहित विकास बैंक र वित्त कम्पनीहरूले चैत महीनामा ब्याजदर घटाउने निर्णय गरेकाले शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । घटबढ भइरहने बजारमा लगानी गर्नुपूर्व बजारको ट्रेण्ड, कम्पनीका आधारभूत र प्राविधिक पक्ष हेरेर लगानी गर्न विश्लेषकहरू सुझाउँछन् ।  यस दिन कारोबारमा आएका २५५ धितोपत्रको ३३ लाख १८ हजार १०८ कित्ता २६ हजार ४७३ पटकमा रू. १ अर्ब १३ करोड बराबर कारोबार भएको छ । यो पछिल्लो समय पुस ७ गते भएको १ अर्ब ५ करोड रुपैयाँपछिकै सबैभन्दा न्युन कारोबार रकम हो । कारोबारमा आएका धितोपत्रमध्ये युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. १ हजार ३२५ दशमलव ९० पुगेको हो । दोस्रोमा शुभम पावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भई रू. ४२६ दशमलव ५० पुगेको छ ।  मंगलवार एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ६४ प्रतिशत घटेर रू. ८ दशमलव २० मा झरेको छ । त्यस्तै दोस्रोमा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशत घटेर रू. ९७८ दशमलव १० कायम भएको छ ।  यस दिन एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. १० करोड ४८ लाख बराबर भएको छ । कम्पनीको शेयर मूल्यप्रतिकित्ता रू. ७६४ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड ४४ लाख बराबर कारोबार भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकीको बढेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक २ दशमलव ३८ प्रतिशत घटेको छ । सबैभन्दा बढी वित्त समूहको शून्य दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।

बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाए

काठमाडौँ। वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा […]

विकास बैंक र फाइनान्सहरूले निक्षेपको ब्याजदर घटाउने

निजी क्षेत्रबाट ब्याजदर वृद्धिको विरोध भइरहँदा विकास बैंकहरूले भने निक्षेपमा दिने ब्याजदर घटाउने भएका छन् । लगानीयोग्य तरलता सहज भएको भन्दै उनीहरूले ब्याजदर घटाउने निर्णय गरेका हुन् । ‘ख’ वर्गका वित्तीय संस्थाहरूको...