नेपाल उद्योग वाणिज्य सङ्घले कोरोनाको सङ्क्रमण फेरि बढ्दै जाँदा तङ्ग्रिन थालेको अर्थतन्त्रमा असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्रसहित आम जनता सबैको अहिलेको प्रमुख दायित्व फेरि पनि सङ्क्रमणलाई पैmलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनु रहेको पनि महासङ्घले औँल्याएको छ ।
यस अवस्थामा उच्चतम स्वास्थ्य सतर्कतासाथ स्वास्थ्य सुरक्षाका सबै उपाय अलवम्बन गरी निषेधाज्ञाको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि सञ्चालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।