काठमाडौं । नेकपाका उपाअध्यक्ष बामदेव गौतमको पार्टी एकता अभियानमा गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङउर्फ दीपक मनाङे पनि जोडिएका छन् । संसद विघटनपछि नेकपा देखिएको विभाजन रोक्न गौतमले सुरु गरेको अभियानमा मनाङेले साथ दिने भएका हुन् । गौतमाले आफूलाई एकता अभियानको केन्द्रीय सदस्यमा राखेको उनले जनाए । गएको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रदेश सांसदमा निर्वाचित भएका उनी केही समयअघि नेकपा प्रवेश गरेका थिए । नेकपा केपी आली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहमा विभाजित भएप