गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरूमा चालु आवमा बजेट विनियोजन नगरेपछि आधा दर्जन सामुदायिक भवन निर्माणको काम अलपत्र परेको छ। प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले सहरी विकास तथा भवन कार्यालयमार्फत आव २०७९/८० मा काभ्रे जिल्लामा सञ्चालन भएका र पूरा नभएका योजनामा चालु आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन नहुँदा ती योजना अधुरै रहने भएका हुन्।