चिडियाखाना हुनु ललितपुरको विशेषता : मेयर महर्जन

काठमाडौं, पुष १४ । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताउनुभयो । उहाँले चिडियाखाना ललितपुर […]

सम्बन्धित सामग्री

पर्यटन प्रर्वद्धन गर्न चितवनको माडीमा ‘स्काई चियर’ सञ्चालन

चितवन । माडीको लक्ष्मीनिवासस्थित ‘पुष्प–मदन स्मृति वनवाटिका’मा स्काई चियर (आकासे कुर्सी) सञ्चालनमा आएको छ । चितवनकै पहिलो सो आकासे कुर्सीको माडी नगरपालिकाका नगरप्रमुख ताराकुमारी काजी महतो र नगर उपप्रमुख खेमप्रसाद महतोले बिहीवार संयुक्तरूपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मेयर महतोले माडी नगरपालिकाले ‘माडी पर्यटन वर्ष’सहित पर्यटकीयस्थलको प्रवद्र्धनमा जोड दिइन् । आर्थिक वर्ष (आव) २०८०÷८१ को नीति तथा कार्यक्रममा समेत यो विषय प्राथमिकतामा राखेको उनको भनाइ छ । आगामी आवमा ‘एक वडा एक पर्यटकीय गन्तव्य’ पहिचान तथा विकास कार्यक्रम सञ्चालन गर्ने, ‘एक वडा एक विशेषता’सहितको होमस्टे सञ्चालन तथा प्रवद्र्धन कार्यक्रम गर्ने, सिमरा गाउँलाई थारु संस्कृति झल्कने गरी थारुग्राम विशेष पर्यटकीय क्षेत्र घोषणा गर्ने मेयर महतोले बताइन् । वाटिकामा विशेषगरी, शनिवार र बिदाका दिन पिकनिक तथा घुमफिर गर्न जानेको चहलपहल हुन्छ । वाटिका घुम्नका लागि आन्तरिक र बाह्य पर्यटक उल्लेख्य रूपमा आएर मनमोहक वातावरणमा रमाउने गरेको पुष्प–मदन स्मृति वाटिका व्यवस्थापन समितिका अध्यक्ष श्याम विष्टले जानकारी दिए । अहिले वाटिकामा टावर, पिङ, बाल उद्यान, वनभोज स्थल, गोलघर, सभाहल निर्माणको कार्य सम्पन्न भइसकेको र पारिवारिक पिकनिक स्पट, बाल उद्यान, खोज अनुसन्धान कक्ष, जीवजन्तुको उद्धार तथा पुनस्र्थापना केन्द्र लगायत निर्माणाधिन रहेको अध्यक्ष विष्टको भनाइ छ । माडी–६, कल्याणपुरमा अवस्थित रेवा मध्यवर्ती सामुदायिक वनमा रहेको यस वाटिकासँगै रहेको भ्यू–टावर, संग्रहालय, बाल उद्यान, वनभोजस्थल रहेकोले बिदा मनाउन र वनभोज तथा घुमफिरका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको नगर उपप्रमुख खेमप्रसाद महतोले बताए । यस वाटिका रहेको भ्यू–टावरबाट माडी उपत्यकाका विभिन्न ठाउँहरुको सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय पुष्प–मदन वाटिकामा जंगली जनावर बाघ, गैँडा, हरिण, मयूरका मूर्ति राखेपछि थप यस ठाउँको सुन्दरता बढेको उनको भनाइ छ। वाटिका क्षेत्रभित्र, भ्यू–टावरसँगै रहेको घुम्ने (रोटेटिङ) मोडेलको सो स्काई चियर माडी नगरपालिकाको सहयोगमा निर्माण भएको हो । साहसिक खेलका रूपमा लिइने स्काई चियर सञ्चालनमा आएसँगै वनवाटिकामा पर्यटकको आकर्षण बढेको छ ।  माडीको वाल्मीकि आश्रम क्षेत्र, अयोध्याधाम, सोमेश्वरगढी, वैकुण्ठधाम क्षेत्र, गोद्धक क्षेत्र, शनिमन्दिर, वैकुण्ठे ताल, रेवा त्रिवेणीलगायतका ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी एकीकृत विकासका लागि विशेष पहल गरिने नगरप्रमुख महतोले बताइन् ।

इन्डोनेसियाबाट ७ करोडमा काठमाडौं महानगरले ल्यायो दमकल, यस्ता छन् विशेषता

काठमाडौं महानगरपालिकासँग अब दुई वटा दमकल भएका छन् । राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभागलाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो हस्तान्तरण गरे । उनले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताए ।

इन्डोनेसियाबाट ७ करोडमा काठमाडौं महानगरले ल्यायो दमकल, यस्ता छन् विशेषता

काठमाडौं महानगरपालिकासँग अब दुई वटा दमकल भएका छन् । राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभागलाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो हस्तान्तरण गरे । उनले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताए ।

‘चिडियाखाना ललितपुर महानगरको विशेषता’

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६औं वार्षिकोत्सव मनाएको छ ।कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी सदर चिडियाखानाको २६औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एकमात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए । उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताए । मेयर […]

चिडियाखानाले २६ औँ वार्षिकाेत्सव मनायाे

काठमाण्डाै – राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औँ वार्षिकोत्सव मनाएको छ ।  कोषले आज बधुवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताउनुभयो । उहाँले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताउनुभयो । मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बता...

सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाइयो

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए । उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताए । मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बता

जनगणनाको तथ्यांक प्रशोधन पुसदेखि : जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सकिएसँगै अब तथ्यांक प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्यांक विभागले बताएको छ । यसपटकको जनसंख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । आउँदो पुसदेखि जनगणनाको विवरण प्रशोधन शुरू गरी करिब तीन महिनामा प्रारम्भिक नतिजा तथा एक वर्षपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी प्रक्रिया अघि बढेको बताइएको छ ।     जनगणना कोभिड–१९ को विश्वव्यापी महामारीले गर्दा पूर्वनिर्धारित समयभन्दा करिब पाँच महिना ढिलोगरी सञ्चालन भएको थियो । यसपालिको तथ्यांक संकलनमा डिजिटल प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीबाट वडा तहसम्मको आधारभूत विवरण संकलन, विदेशस्थित कूटनीतिक नियोगमा इसेन्सस विधिवाट गणना गरिएको र त्यसका लागि विगतभन्दा एक तह माथिको शैक्षिक योग्यता भएका स्थानीय बेरोजगार युवाको संलग्नता रहनु प्रमुख विशेषता भएको विभागले बताएको छ । नेपालको भू–भागभित्रका तराई, पहाड र हिमालका सम्पूर्ण स्थानको गणना सम्पन्न भएको र केही विवादित क्षेत्रमा कूटनीतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने पनि विभागले उल्लेख गरेको छ ।      आउँदो पुसदेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन शुरू गरी करिब तीन महिनापछि प्रारम्भिक नतिजा तथा एक वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदन प्रकाशन गर्ने विभागको तयारी छ । विभागले घर तथा घरपरिवार सूचीकरण कार्यमा ६८ लाख परिवारको गणना भएको जानकारी दिएको छ, जुन विसं २०६८ सालको जनगणनाअनुसार प्रक्षेपण गरिएको करिब नजिक रहेको बताइएको छ ।     राष्ट्रिय जनगणनाको स्वतन्त्र रूपमा पर्यवेक्षण गर्नको लागि युएनएफपिएको अनुरोधमा युनएफपिए, बेलायती राजदूतावास, जनसंख्या अध्ययन शास्त्र केन्द्रीय विभागका करिब २५ जना र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रमार्फत नागरिकस्तरको अवलोकन समितिका २५ जना रहेका थिए । जनगणनामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य, सचिव तथा सहसचिव र अन्य कर्मचारीलगायत अन्य मन्त्रालय समेतका गरी १०० जनाबाट केन्द्रीय अनुगमन तथा सुपरिवेक्षण कार्य भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रदेश तथा जिल्लामा प्रदेश प्रमुख÷सचिवलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मेयर, उपमेयर, वडा अध्यक्षबाट जनगणना कार्यको अवलोकलन तथा अनुगमन भएको थियो ।     यसपटक यौनिक तथा लैंगिक समुदायका व्यक्ति तथा अपांगता महासंघ तथा अन्य संघसंस्थामार्फत तालिममा सहजीकरण र गणनाको अनुगमन भएको थियो । नागरिक समाजको तर्फबाट स्वतःस्फूर्त अनुगमन भएका थिए भने गणक तथा सुपरिवेक्षकले सामाजिक सञ्जालमार्फत प्रचार र छलफल गरेका थिए । प्रदेश तथा जिल्ला जनगणना कार्यालय र स्थानीय जनगणना कार्यालयका कर्मचारीले गणनाको अवधिमा सामूहिक छलफल तथा अन्तक्रिया गरी जनगणनाको गुणस्तर सुनिश्चित गरेको पनि विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दूरसञ्चार प्राधिकरणमार्फत नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिफोनले जनगणना अवधिमा जनगणनाको सन्देश कलर ब्याक रिङ टोन निःशुल्क रूपमा सञ्चालन गरेकाले जनगणनाको सन्देश आम नागरिक समक्ष सहज रूपमा पुगेको विभागले बताएको छ ।      नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना १०९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो । यो क्रम अहिले अझै वैज्ञानिकरूपमा सञ्चालन भइरहेको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित शुरू भएको यसपालिको जनगणनामा ८० प्रश्न समावेश थियो । जनगणना गर्न ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक खटाइएको थियो । रासस

साढे ६९ करोडको लगानीमा महानगरको नयाँ भवन बन्ने

काठमाडौं (अस) । काठमाडौं महानगरपालिले ६ रोपनी जग्गामा आफ्नै नयाँ भवन बनाउने भएको छ । रू. ६९ करोड ५८ लाखको लगानीमा महानगरले टेकुस्थित हाल महानगरको वातावरण विभाग रहेको स्थानमा भूमिगत तलासहित ८ तले भवन बनाउने भएको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त भवनको शिलन्यास सोमवार गरेसँगै महानगरको नयाँ भवन भन्ने भएको हो । २०८० असोज मसान्तसम्ममा भवन बनाइसक्ने गरी महानगरले समानन्तर निर्माण सेवा प्रालिलाई ठेक्का दिएको छ । ३ हजार ८३ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । भवन ६ हजार ६८३ दशमलव ३३ वर्ग मीटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउन्ड कभरेज ४० प्रतिशत हुनेछ । भवनमा १० जना क्षमताका दुईओटा लिफ्ट जडान हुनेछन् । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनीयरिङ प्रालिले तयार पारेका हुन् । नयाँ भवनको भूमिगत तलामा ३० ओटा गाडी र ८० ओटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ ओटा गाडी पार्किङ गर्न सकिनेछ । भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुल्ला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुने महानगरले उल्लेख गरेको छ । आकाशे पानी संकलन तथा संकलित पानीको शुद्धीकरण प्रणालीसहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमीन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौं तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी दुईओटा सभाहल पनि निर्माण गरिनेछ । भवनको शिलान्यासपछि मेयर शाक्यले पहिलो कार्यपालिका बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको बताए । अधिकांश वडा कार्यालय नवनिर्माण र पुनर्निर्माण भइसकेको उनको भनाइ छ । ‘हामीले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौं,’ शाक्यले भने, ‘मुद्दामामिलामा अल्झिनु परेकोले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौं, मुद्दा किनारा लागेपछि हामी त्यो भवनलाई पुनर्निर्माण गर्नेछौं ।’ महानगरको एकीकृत भवन नहुँदा छरिएका कार्यालयहरूबाट सेवा व्यवस्थापन गर्न समस्या भएको थियो । केन्द्रीय कार्यालय निर्माण भएपछि सेवा व्यवस्थापनमा सहजता हुने बताइएको छ ।