जनगणनाको तथ्यांक प्रशोधन पुसदेखि : जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सकिएसँगै अब तथ्यांक प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्यांक विभागले बताएको छ । यसपटकको जनसंख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । आउँदो पुसदेखि जनगणनाको विवरण प्रशोधन शुरू गरी करिब तीन महिनामा प्रारम्भिक नतिजा तथा एक वर्षपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी प्रक्रिया अघि बढेको बताइएको छ ।     जनगणना कोभिड–१९ को विश्वव्यापी महामारीले गर्दा पूर्वनिर्धारित समयभन्दा करिब पाँच महिना ढिलोगरी सञ्चालन भएको थियो । यसपालिको तथ्यांक संकलनमा डिजिटल प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीबाट वडा तहसम्मको आधारभूत विवरण संकलन, विदेशस्थित कूटनीतिक नियोगमा इसेन्सस विधिवाट गणना गरिएको र त्यसका लागि विगतभन्दा एक तह माथिको शैक्षिक योग्यता भएका स्थानीय बेरोजगार युवाको संलग्नता रहनु प्रमुख विशेषता भएको विभागले बताएको छ । नेपालको भू–भागभित्रका तराई, पहाड र हिमालका सम्पूर्ण स्थानको गणना सम्पन्न भएको र केही विवादित क्षेत्रमा कूटनीतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने पनि विभागले उल्लेख गरेको छ ।      आउँदो पुसदेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन शुरू गरी करिब तीन महिनापछि प्रारम्भिक नतिजा तथा एक वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदन प्रकाशन गर्ने विभागको तयारी छ । विभागले घर तथा घरपरिवार सूचीकरण कार्यमा ६८ लाख परिवारको गणना भएको जानकारी दिएको छ, जुन विसं २०६८ सालको जनगणनाअनुसार प्रक्षेपण गरिएको करिब नजिक रहेको बताइएको छ ।     राष्ट्रिय जनगणनाको स्वतन्त्र रूपमा पर्यवेक्षण गर्नको लागि युएनएफपिएको अनुरोधमा युनएफपिए, बेलायती राजदूतावास, जनसंख्या अध्ययन शास्त्र केन्द्रीय विभागका करिब २५ जना र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रमार्फत नागरिकस्तरको अवलोकन समितिका २५ जना रहेका थिए । जनगणनामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य, सचिव तथा सहसचिव र अन्य कर्मचारीलगायत अन्य मन्त्रालय समेतका गरी १०० जनाबाट केन्द्रीय अनुगमन तथा सुपरिवेक्षण कार्य भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रदेश तथा जिल्लामा प्रदेश प्रमुख÷सचिवलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मेयर, उपमेयर, वडा अध्यक्षबाट जनगणना कार्यको अवलोकलन तथा अनुगमन भएको थियो ।     यसपटक यौनिक तथा लैंगिक समुदायका व्यक्ति तथा अपांगता महासंघ तथा अन्य संघसंस्थामार्फत तालिममा सहजीकरण र गणनाको अनुगमन भएको थियो । नागरिक समाजको तर्फबाट स्वतःस्फूर्त अनुगमन भएका थिए भने गणक तथा सुपरिवेक्षकले सामाजिक सञ्जालमार्फत प्रचार र छलफल गरेका थिए । प्रदेश तथा जिल्ला जनगणना कार्यालय र स्थानीय जनगणना कार्यालयका कर्मचारीले गणनाको अवधिमा सामूहिक छलफल तथा अन्तक्रिया गरी जनगणनाको गुणस्तर सुनिश्चित गरेको पनि विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दूरसञ्चार प्राधिकरणमार्फत नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिफोनले जनगणना अवधिमा जनगणनाको सन्देश कलर ब्याक रिङ टोन निःशुल्क रूपमा सञ्चालन गरेकाले जनगणनाको सन्देश आम नागरिक समक्ष सहज रूपमा पुगेको विभागले बताएको छ ।      नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना १०९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो । यो क्रम अहिले अझै वैज्ञानिकरूपमा सञ्चालन भइरहेको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित शुरू भएको यसपालिको जनगणनामा ८० प्रश्न समावेश थियो । जनगणना गर्न ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक खटाइएको थियो । रासस

सम्बन्धित सामग्री

विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

काठमाडौं : आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। ७ अर्ब जनसंख्या पुगेको ११ वर्षमा विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ।२० औँ शताब्दीमा विश्वव्यापी रूपमा देखा परेका विभिन्न संकटका कारण अब अर्को एक अर्ब जनसंख्या थपिन भने १५ वर्ष लाग्न सक्ने राष्ट्रसंघको अनुमान छ। राष्ट्र संघले यसपछि सन् २०८० सम्म पनि विश्वको जनसंख्या १० अर्ब पुग्न नसक्ने अनुमान गरेको छ।विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो। त्यहाँ करिब १ अर्ब ४४ करोड जनसंख्या छ। यस्तै भारतमा १ अर्ब ३८ करोडभन्द

नेपालमा जनसंख्या नियन्त्रणका उपायहरु

यदि विश्वका मुलुकहरुमा मृत्यु धेरै भएमा विश्वको जनसंख्या ढीलो बृद्धि हुन्छ अथवा जनसंख्या घट्दै पनि जान्छ, जसलाई सापेक्षित र निरपेक्षित बृद्धिमा मापन गरिन्छ।

विश्व जनसंख्या दिवस : कति छ विश्वमा जनसंख्या ?

२७ असार, काठमाडौं ।  आज अर्थात सोमबार विश्व जनसंख्या दिवस । हरेक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाइन्छ । सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरे अनुसार सन् १९९० देखि यो दिवस मनाउन लागिएको हो । किन चाहियो दिवस ? सन् १९८७ को जुलाई ११ का […]

आज विश्व जनसंख्या दिवस

काठमाडौं : आज विश्व जनसंख्या दिवस, नेपालमा पनि मनाइँदैछ। जनसंख्यासँग सम्बन्धी समस्याबारे जानकारी तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरि हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाइन्छ। यस वर्षको विश्व जनसंख्या दिवसको नारा ‘आठ अर्ब जनसंख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ रहेको छ। संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलद्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो। विश्वको जनसंख्या करिब ८ अर्ब पु

बैतडीको जनसंख्या घट्यो

बैतडी : बैतडीको जनसंख्या साढे ६ हजार घटेको छ। तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या घटेको पाइएको हो।विसं. २०६८ सालको जनगणनाअनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर २ लाख ४४ हजार ४ सय पुगेको छ।१० वर्षमा यहाँ ६ हजार ४९८ जना घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसंख्या पुर्चौडी नगरपालिकामा रहेको छ। त्यहाँको जनसंख्या १९ हजार ९६५ रहेको छ।यस्तै दशरथचन्द नग

काभ्रेमा घट्यो जनसंख्या

काभ्रे : राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार काभ्रेको जनसंख्या ३ लाख ६६ हजार ८७९ रहेको छ। जुन २०६८ को जनगणनाभन्दा १५ हजार ५८ जना कम रहेका छन्। २०६८ सालमा जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो। काभ्रेको जनसंख्या १० वर्षमा ०.३९ प्रतिशतले घटेको हो।जिल्लाको कुल जनसंख्यामा महिला १ लाख ८५ हजार ९१२ र पुरुष १ लाख ८० हजार ९६७ जना पुरुष रहेका छन्। जसमा पुरुषभन्दा महिलाको जनसंख्या ४ हजार ९४५ जनाले बढी छ ।यस्तै‚ ८३ हजार ९३२ घर संख्या छन्। त्यस्तै‚ तथ्याङ्कमा परिवार संख्या भने ९३ हजार १

किन बढेन नेपालको जनसंख्या?

काठमाडौं, माघ १३ । २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको छ । २०६८ सालमा वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा हाल आएर वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको […]

सहरी जनसंख्या ६६.०८ पुग्यो, यस्तो छ गाउँ–सहरको जनसंख्या विवरण

नेपालको सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणअनुसार शहरी जनसंख्या ६६.०८ र ग्रामिण जनसंख्या  ३३.९२ प्रतिशत कायम भएको हो । विभागका अनुसार नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेकको ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा शहरी जनसंख्याको तालिकीकरण गरिएको गरिएको हो ।  २०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोल

घट्यो नेपालको जनसंख्या वृद्धिदर

तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो ।यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । यो, अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०.९३

जनसंख्या ३ करोड ननाघ्ने

काठमाडौं, कार्तिक २६ । देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ। नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ। राष्ट्रिय जनगणना २०७८ बारे बुधबार जानकारी दिँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जन्मदर घटेकाले जनसंख्या पनि प्रक्षेपण गरेभन्दा कम हुने अनुमान गरिएको बताएका छन्।विगतको जनसंख्या वृद्धिदरलाई आधार मानेर यसपटक मुलुकको जनसंख्या […]