काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयको अनुगमन गरेको छ । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति र अन्य नेताहरूसँग टोलीले छलफल गरेको थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको छ। नगरले यहाँका कृषक र महिलालाई केन्द्रित गरी सीपमूलक तालिममार्फत आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन लागेको हो । नगरपालिकाले सीपमूलक व्यवसायिक तालिमअन्तर्गत महिलाका लागि धूप बनाउने तालिम दिएको छ । सिर्जना आमा समूहसँगको समन्वयमा महिलालाई बटारे धूप बनाउने तालिम दिएको हो । महिलाले स्थानीयस्तरमा […]
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनमा आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणदेखि रणनीतिक सडक, सुरुङ र यातायात सेवा सुधारसम्म उल्लेखनीय काम भएको दाबी गरेका छन्। आफ्नो कार्यकालको १०० दिन पूरा भएका अवसरमा आज (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यप्रगति सार्वजनिक गर्दै विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध कडा कदम चालिएको बताए। उनले ढिलाइ, लापरबाही […]
काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने भएको छ । होटल एसोसिएसन भेडेटारले बुधबार भेडेटारमा पत्रकार सम्मेलन गर्दै १३ औ खाना महोत्सव अर्थात् फुड फेस्टिभल पुस १६ देखि १८ गतेसम्म आयोजना गर्न लागिएको जनाएको हो । अग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा हुन लागेको महोत्सवमा विभिन्न जातीय […]
RajdhaniDaily.com | काठमाडौँ । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय -