११ मंसिर, तेह्रथुम । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए । शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो । […]