बुटवल भैरहवा सडक खण्ड अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको छ । बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रण