सांसदको देश दौडाहा : बजेट छलफल नै रोकियो

सांसदहरू उपस्थित नहुँदा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ । सोमबार बिहान १०:३० देखि बस्नेगरी समिति बैठक डाकिएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल तय भएको थियो ।अर्थ समितिका २३ सांसद सदस्यमध्ये बैठकमा सहभागी हुन जम्मा २ सांसदमात्रै सिंहदरबारस्थित संघीय संसद सचिवालय, अर्थ समिति बैठक कक्षमा पुगेका थिए । नेकपा (एमाले) का सांसद घनश्याम भुसाल र नेकपा (समाजवादी) का सांसद मेटमणि चौधरीमात्रै बैठक कक्षमा पुगेका हुन्। समिति सभापति कृष्णप्रसाद दाहाल सांसदहरूलाई कुर