झापा क्षेत्र नम्बर ५ सर्वाधिक चासोको निर्वाचन क्षेत्रमध्ये एक हो । यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट डा. खगेन्द्र पाण्डव अधिकारी चुनावी मैदानमा छन् । झापा–५ एमाले अध्यक्ष ओलीका कारण पनि चर्चामा आएको हो ।एमाले अध्यक्ष ओली सत्ता गठबन्धनका कटु आलोचक हुन् । उनै ओलीसँग प्रतिस्पर्धामा उत्रिएका परिचित प्रतिस्पर्धी अधिकारी यसपटक ओली पराजित हुने हिसाव सुनाउँछन् । ०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धन र राप्रपा