काठमाडौं । जापान भ्रमणमा रहनु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार स्वदेश फर्किँदै हुनुहुन्छ । गत शुक्रबार नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान जानु भएका प्रचण्डसहितको टोली बुधबार दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ । टोलीमा अध्यक्ष प्रचण्डसँगै उहाँका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण […]