सुमनलाई नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपको उपाधि

काठमाडौं। सुमन तामाङले बुधबार नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपको उपाधि जितेका छन्। धादिङको त्रिशूली नदीमा ४३ जनाले प्रतिस्पर्धा गरेको प्रतियोगितामा राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो भए। पाँचौं राफ्टिङ च्याम्पियनसिपअन्तर्गत स्प्रिन्ट विधामा नेपाल कायाक क्लब पहिलो भयो। नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ दोस्रो र त्रिभुवन आर्मी क्लब ‘बी’ तेस्रो भएको छ।