बेमौसमी वर्षाले रौतहटमा करोडौं मूल्यको इँटा र बालीमा क्षती

गत बुधबार रातिदेखि परेको पानीले रौतहटमा किसानले लगाएको मुसुरो र तोरी बाली तथा इँटामा क्षती पु¥याएको छ। लगातार दुई दिनसम्म परेको पानीका कारण जिल्लामा मुसुरो र तोरी लगाउने किसान मारमा...

सम्बन्धित सामग्री

वर्षाले इँटा उद्योगमा अर्बौं क्षति

जनकपुरधाम : लगातार दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण तराई–मधेशका इँटा उद्योगमा अर्बौंको  क्षति भएको छ।वर्षाका कारण निर्माणका लागि तयार अवस्थामा रहेका लाखौं काँचो इँटा नष्ट भएको र इँटा तयार पार्ने सिजनको मुखमै वर्षा हुँदा अर्बौंको क्षति भएको इँटाभट्टा सञ्चालकले जानकारी दिएका छन्।शुक्रबार र शनिबार भएको वर्षाको  कारण सयौँ इँटा उद्योगमा क्षति भएको छ। उद्योग सञ्चालकका अनुसार प्रति इँटा उद्योगमा कम्तिमा २० देखि २५ लाख काँचो इँटा नष्ट भएका छन्।धनुषाका  गणेश इँटा उद्योगका स

बर्सातले इँटामा क्षति

पटक–पटकको बर्सातले  गर्दा दाङमा  करोडौँको इँटामा  क्षति भएको छ । दाङ  देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।  “समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले  हाम्रो इँटामा निकै क्षति पुर्‍यायो,” उनले  भने, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा...

वर्षाले नौ करोड काँचो इँटा नष्ट

भक्तपुर – बुधबारको अविरल वर्षाले भक्तपुरमा मात्रै नौ करोड काँचो इँटा नष्ट भएको छ। वर्षाले चाङ लगाएको र खलामै रहेका काँचो इँटा नष्ट गरेको हो। वर्षाले खलामा भएका इँटा माटोमै परिणत भएका छन्। त्यस्तै इँटाका चाङ लडेर माटोमै मिसिएका छन्। खलाभरि पानी जम्दा वर्षा रोकिए पनि मजदुरले काम सुरु गर्न सकेका छैनन्। वर्षाले मजदुरहरु बस्दै […]

वर्षाले इँटाको अभाव

नेपालगन्ज, फागुन १४ गते ।  बाँके जिल्लामा यस वर्ष विगतको तुलनामा ८० प्रतिशत जति इँटा उत्पादन घट्ने भएको छ ।  गत मङ्सिरदेखि हालसम्म पनि पटकपटक हिउँदे वर्षा भइरहेकाले ठूलो परिमाणमा इँटा क्षति हुँदा उत्पादनमा ८० प्रतिशत कमी आउने इँटा व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।

झरीले ५ करोड काँचो इँटा नष्ट

गत बिहीबार र शुक्रबार आएको वर्षा (माघे झरी) ले रुपन्देही जिल्लामा ५ करोडभन्दा बढी काँचो इँटा नष्ट भएको छ । बिहीबारको तुलनामा शुक्रबारको वर्षातले अझ धेरै क्षति भएको लुम्बिनी इँटा व्यवसायी संघ रुपन्देहीका महासचिव अजयकुमार गुप्ताले बताए । “हाम्रो जिल्लामा ५० वटा इँटा उद्योग छन्, एक साताबाट इटा पोल्न सुरु भएको थियो, प्रारम्भमै वर्षातले काँचो इँटा सबै नष्ट भयो, व्यवसायीलाई अर्बभन्दा बढीको नोक्सानी भएको छ,” महाससचिब गुप्ताले भने ।