राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित सामग्री

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज बिहीबार बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ । बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, […]

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । साथै लोकसेवा आयोग विधेयक, ०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । वन तथा वातावरणमन्त्री […]

बागमती प्रदेश संसद्‍मा पाँच प्रतिवेदन पेस

हेटौंडा । बागमती प्रदेशसभाको बैठकमा विभिन्न समितिको पाँचवटा प्रतिवेदन पेस भएको छ । प्रदेश संसद् बैठकमा लोकसेवा आयोग र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस भएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन सदनमा पेस गरे । प्रदेश मामिला समिति सभापति माधव पौडेल, अर्थ तथा विकास समिति सभापति नारायणबहादुर सिलवाल, […]

वाग्मती प्रदेशसभामा ५ वटा प्रतिवेदन पेस

वाग्मती प्रदेशसभाको बैठकमा विभिन्न समितिका ५ वटा प्रतिवेदन पेस भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा लोकसेवा आयोग र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस भएका हुन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/७८ को वार्षिक प्रतिवेदन सदनमा पेस गरेका थिए ।