बाँके । बाँके जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेमा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरेकोे छ । यसवर्ष मनसुनबाट बाँकेका १० हजार र सबै विपद्बाट २५ हजारलाई असर पर्नसक्ने आङ्कलन गर्दै जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।