काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै मनाङले तेस्रो जित निकालेको हो।मनाङको जितमा साहिदजामोल दाभ्लाद जोनाब र कमल थापाले गोल गरे। खेलको ३४ औँ मिनेटमा एपीएफका अर्माण्ड बेडुमले गोल गर्दै अग्रता दिलाए पनि जित दिलाउन सकेनन्। मनाङ ११ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ।आजै भएको खेलमा फ्रेन्ड्स क्लबमाथि अप्रत्यासित जित निकाल्दै