जिल्ला अस्पताल स्तरोन्नति गरिने

सञ्चालनमा आएको एक शताब्दीपछि धनकुटा जिल्ला अस्पताल स्तरोन्नति गरिने भएको छ । वि.सं १९७० सालमा त्रिचन्द्र अस्पतालका नामबाट सेवा सुरु गरेको धनकुटा अस्पताललाई एक सय शैया क्षमताको बनाइने भएको हो । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले धनकुटामा आयोजित कार्यक्रमा धनकुटा जिल्ला अस्पताल स्तरोन्नति गरी एक सय शैया क्षमताको अस्पताल बनाउन उद््घाटन गरेका छन् […]

सम्बन्धित सामग्री

खोटाङमा ५० शय्याको अस्पताल भवन निर्माण हुँदै

जिल्ला अस्पताल, खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी भवन निर्माणको काम पुनः प्रारम्भ भएको छ।

जिल्ला अस्पताल गुल्मीद्वारा स्वास्थ्य सूचना प्रणालीमा सुधार

काठमाडौं (अस) । जिल्ला अस्पताल गुल्मीले स्वास्थ्य सूचना प्रणाली थप परिष्कृत बनाएको छ । अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेबबेस्ड सिस्टममा स्तरोन्नति गर्दै स्वास्थ्य सम्बन्धी सूचना प्रणालीमा सुधार गरेको हो । सूचना प्रणालीमा सुधार भएसँगै बिरामीको महत्त्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रूपमै राख्न सकिने अस्पतालले जानकारी दिएको छ । त्यसबाट बिरामीको रोगको उपचार गर्न सजिलो हुने अस्पतालको भनाइ छ । स्वास्थ्य बीमा बोर्डद्वारा प्रवर्द्धित स्वास्थ्य बीमामा आबद्व बिरामीहरूको बाँकी बीमा सुविधा रकम हेर्न सकिने र बीमा दाबी पनि ईएमआर सफ्टवेयरमार्फत डिजिटल रूपमै गर्न सकिने अस्पतालले बताएको छ । यस्तै स्वास्थ्य सूचना प्रणालीबाट बिरामीको बिल सीधै अपलोड गर्न सकिने अस्पतालको भनाइ छ । त्यसबाट समय बचत हुनुका साथै तोकिएको समय सीमाभित्र बीमा दाबी गर्न नसक्दा अस्पतालले नोक्सानी बेहोर्नुपर्ने समस्याको समाधान हुने अपेक्षा गरिएको छ । त्यसैगरी, डीएचआईएस–२ इन्टिग्रेसनले अब अस्पताल सूचना प्रणालीलाई नेपाल सरकारको एचएमआईएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ । अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सूचना प्रणालीमार्फत डीएचआईएस–२ प्लेटफर्ममा सीधै मासिक रिपोर्ट पठाउन सकिने बताइएको छ ।

उदयपुर अस्पतालमा १० वर्षपछि पाठेघर र एपेन्डिसाईटिक्सको अप्रेसन सेवा सुरु

उदयपुर– उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरले स्तरोन्नती भएको १० वर्षपछि बल्ल विशेषज्ञ चिकित्सक पाएको छ । सरकारले स्तरोन्नती गरेको लामो समयपछि जिल्ला अस्पताल गाईघाटबाट विशेषज्ञ सेवा सुरु भएको हो । जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति भएको एक दशकपछि दरबन्दी अनुरूपका चिकित्सक आएका हुन् । साबिक २५ शय्याको अस्पताललाई तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आर्थिक […]

प्रदेश २ का जिल्ला अस्पताल प्रादेशिकमा स्तरोन्नति गरिने

जनकपुरधाम – प्रदेश २ सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णयसमेत गरेको छ। सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने […]

धनकुटा अस्पताल स्तरोन्नति गरिने, १५ शय्याको अस्पताल १ सय शय्याको बनाइँदै

उहाँले १५ शय्या क्षमतामा सञ्चालित पुरानो जिल्ला अस्पताल स्तरोन्नति गरेर सय शय्याको बनाइने बताउनुभयो ।

जग्गा अभावले रोकियो अस्पतालको स्तरोन्नति

तनहुँ । तनहुँ जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुन सकेको छैन । १५ शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ । अस्पताल व्यवस्थापन समितिले आसपास रहेका जग्गा अस्पताललाई हस्तान्तरण गर्न पटक–पटक प्रदेश सरकारसँग आग्रह गरे पनि प्राप्त भएको छैन । अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको जग्गा अस्पताललाई प्रदान गर्न जनप्रतिनिधि एवं सरोकारवालाले यस अगाडि कयौंपटक प्रदेश सरकारसँग अनुरोध गरेका थिए । जग्गाकै कारण अस्पतालको स्तरोन्नति रोकिएपछि व्यास नगरपालिकाले ज्ञान केन्द्रको जग्गा र भवन दमौली अस्पताललाई उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको छ । कार्यपालिकाको बैठकबाटै उक्त निर्णय गराएर सरकारलाई आग्रह गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘अस्पताल व्यवस्थापनका लागि सिमाना जोडिएको केन्द्रको जग्गा र भवन अस्पताललाई उपलब्ध गराएर कृषि ज्ञान केन्द्रलाई अन्यत्र व्यवस्थापन गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘दमौली अस्पताल र कृषि ज्ञान केन्द्र प्रदेश मातहतको कार्यालय भएकाले सरकारले चाहे यो सम्भव छ ।’   यसअघि अस्पतालले कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको मध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन माग गरेको अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिदा पनि कुनै परिणाम प्राप्त नभएको उनको भनाइ छ । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्तिमा पटक–पटक छलफल चलाएर फाइल बोकी सम्बन्धित निकायमा धाउँदा पनि सफल नभएको उनले बताए । रासस

दमौली अस्पताल: जग्गा अभावले स्तरोन्नति रोकियो

तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन। पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ।

जिल्ला अस्पताल खोटाङ स्तरोन्नति गरिँदै

खोटाङ । १५ शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरुआत गरिएको छ । २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पतालको पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरू गरिएको हो ।       अस्पतालमा सञ्चालित बिरामी भर्ना,सुत्केरी गराउने ठाउँ, शल्यक्रिया र आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर भवन निर्माणको तयारी थालिएको अस्पताल प्रमुख डा. वैभव मल्लिकले बताए । ४० मिटर लम्बाइ र २० दशमलव ५ मिटर चौडाइ हुने चारतले आरसिसी पक्की भवन निर्माणको जिम्मा ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल/फूलबारी जेभीले लिएको छ ।          संघीय सरकारको करीब २१ करोडका लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्ने गरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीका इञ्जीनियर राजकिशोर साहले जानकारी दिए । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उपचार सेवालाई निरन्तरता दिनका लागि पुरानो भवन भत्काउनुअघि नजिकै प्रिफ्यावको अस्थायी भवन निर्माण शुरू गरिएको छ । चारतले पक्की भवनको पहिलो तलामा ओपीडी, इमर्जेन्सी, शल्यक्रिया र एक्स–रे कक्ष सहित फार्मेसी, सेक्युरिटी रूमलगायतका संरचना निर्माण गरिने बताइएको छ । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू र आइसोलेशन कक्ष, क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायत संरचना निर्माण गरिनेछ । जिल्लाको एकमात्र सरकारी अस्पताललाई सुविधायुक्त बनाउन स्तरोन्नतिको काम शुरू गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले बताए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित जिल्ला अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेका समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । पुरानो संरचनाका भवनमा सञ्चालित अस्पतालमा शय्या अभावकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् । स्थापनाकालकै भवन तथा आवास गृहमा सञ्चालित अस्पताल तोकिएको समयसम्म चिकित्सकसमेत बस्दैनन् । अस्पतालमा चिकित्सकका लागि आवश्यक सुविधा तथा बस्ने वातावरण नभएकै कारण उनीहरू तोकिएको अवधिसम्म नबसेको बताइएको छ । दश स्थानीय तह रहेको जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र तथा तीन सामुदायिक अस्पताल सञ्चालनमा छन् । जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौंलगायतका सुविधयुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ । रासस

अक्सिजन प्लान्टसहित सुविधायुक्त जिल्ला अस्पताल बनाउने

काठमाडौं।प्रदेश–१ सरकारले "गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्वता" भन्ने मूल नारासहित प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गर्ने भएको छ।मेची अस्पताललाई २०० शैय्या,धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १०० शैय्या र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैय्यामा स्तरोन्नति गर्ने,ती अस्पतालमा अक्सिजन प्लान्ट,सघन उपचारकक्ष निर्माण, विशेषज्ञ चिकित्सक,आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिक पूर्वाधारको व्यवस्था गरिने सरकारको नीति कार्यक्रमा उल्लेख छ।