काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र राजनीतिक व्यथिति हटाउनका लागि सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्। बडादसैँको मुख्य दिन विजयादशमीको अवसरमा बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गराउन इमान्दार प्रयास, अठोट र सामूहिक […]
काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ । कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु […]
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टिका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आशीर्वाद दिने कार्यक्रम रहेको बताए । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टिका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र परिवारबाट […]
ललितपुर। महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोल्लासका साथ मनाइएको छ। आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ। मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५:०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा पुगी पूजा […]
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैंको प्रमुख दिन विजयादशमीका अवसरमा आज घरघरमा मान्यजनबाट रातो टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ। नवदुर्गाको प्रसादका रूपमा रातो टीका र सुख, शान्ति तथा समृद्धिको प्रतीक जमरा ग्रहण गर्ने परम्पराअनुसार दशैं मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन […]