पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ।दिउँसो १२ बजे बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने जनाइएकोछ।बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा समेत छलफल हुने जनाइएको छ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीको पनि टुंगो लगाउने जनाइएको छ।पौडेल पक्षमा सम्मानजनक सहभागिता नभए सरकारमा सहभागी हुन नहुने आवाज पनि उठिरहेको छ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ–सत्ता गठबन्धनका प्रमुख तीन दलको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेपछि बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन्। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन्। सरकार गठन गर्नुपर्ने […]

सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए । गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छै