डुबेर बालिकाको मृत्यु

मोरङमा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्लाको पथरी शनिश्चरे–९ सगरमाथा चोकस्थित पैनीको पानीमा डुबेर तेह्रथुम छ थर गाउँपालिका–३ घर भई हाल पथरीशनिश्चरे ९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बुको मृत्यु भएको हो । आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरह

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

खाडलमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तु-धाराको पानी जम्मा भएको खाडलमा डुबेर बालिकाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका-६ बर्मेली टोल बस्ने ईन्द्रवती केवटकी छोरी ४ वर्षीया गबिता केवटको डुबेर सोमबार बिहान मृत्यु भएको हो । आफ्नै घर अगाडि खेल्ने क्रममा धाराको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौँ,२६ जेठ । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । रासस

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी : जलेश्वर नगरपालिका–३ खैरागाउँमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। बुधबार साँझ किशोर सदाकी छोरी ६ वर्षीया आँचलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।बालिकाको शव परीक्षणका लागि गएराति नै प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

सर्लाहीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो बाख्रा चराउन गएकी बालिका घर नफर्केपछि खोजी सुरु गरिएको थियो।...

खाल्डाेमा डुबेर बालिकाको मृत्यु

शौच गर्न गएको बेला कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवास्थित खाल्डाेमा डुबेर मंगलबार बिहान ६ बजेतिर ५ वर्षीया बालिकाको मृत्यु भएको छ।...

पोखरीमा डुबेर बालिकाको मृत्यु

५ साउन, गोरखा । रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुवेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–८ मुलावारीका वुधबहादुर नेपालीकी १३ बर्षकी छोरी ऋचा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोपाइ सकेर घर फर्कदै गर्दा स्थानीय रनबहादुर गुरुङले खेतमा पानी लगाउन बनाएको पोखरीमा हात खुट्टा धुन गएकी उनी चिप्लिएर […]

नदीमा डुबेर बालिकाको मृत्यु

२८ असार, वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो । उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् । नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव […]

कुलोमा डुबेर बालिकाको मृत्यु

दाङमा कुलोमा डुबेर आज दिउँसो एक  बालिकाको मृत्यु भएको छ ।जिल्लाको शान्तिनगर गाउँपालिका ६ कोरबाङ निवासी फिरु चौधरीकी ३ वर्षिय छोरी मुकमारी चौधरीको घर नजिकै कुलोमा डुबेर मृत्यु ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बालिकाको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।