सुन्दर हरिजन मृत्युबारे छानबिन गर्न गृहमन्त्रालयले बनायाे समिति

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन्  । गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई काम सुरु […]

सम्बन्धित सामग्री

सुन्दर हरिजन : कारागार अव्यवस्थाका सिकार

मानव व्यवहारलाई नियन्त्रण गरी अधिकार र कर्तव्यको सीमामा बाँधेर सुशासन र शान्ति कायम गर्ने उपकरण हो कानुन । प्रख्यात विधिशास्त्री जोन अस्टिन कानुनलाई सार्वभौमको आदेश हो र यसलाई सजाय र पुरस्कारको...

सुन्दर हरिजन प्रकरण  : कैदी साटिनुमा कारागार प्रशासनको लापरवाही

रोल्पा कारागारका कैदी सुन्दर हरिजनले आत्महत्या गरेको र सट्टामा जेल बसेको बारे छानविन समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको मन्त्रीको सचिवालयले जनाएको छ ।जेठ ४ गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको थिए । सो घटना छानविन गर्दा हरिजन अर्काको नाममा सट्टामा जेल बसेको तथ्य खुलेको थियो । सो तथ्य खुलेपछि मन्त्रालयले छानविन समिती गठन गरेको थियो । २०७७ मंसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा सरुवा भएका हरिजन सु

सट्टामा जेल : तत्कालीन जेलर छानबिनको घेरामा

कारागार कार्यालय रोल्पामा ४ जेठमा साँझ ६ बजेर ३० मिनेटमा कैदी सुन्दर हरिजन चमारले आत्महत्या गरे । बाँकेको नेपालगञ्ज उपमहानगर–२, दैलेखी बंगला घर भएका सुन्दरको मृत्युसँगै उनलाई ‘सट्टा’ मा जेल बस्न बाध्य पारिएको कुरुप तथ्य सार्वजनिक भएको छ ।प्रारम्भिक छानबिन गर्दा सुन्दर हरिजन सुर्खेत घर भएका विजय विक्रम शाहको नाममा सट्टामा जेल बसेको थाहा भएको छ । २०७७ मंसिर पहिलो सातासम्म सुन्दर र विजय विक्रम शाह कारागार कार्यालय बाँकेमा सँगै बसेका थिए । २०७७ असोज १२ मा उनीहरुले जेल सरुवाका लागि

सुन्दर​​​​​​​ हरिजन परिवारले बुझे शव

रोल्पा कारागारमा मृत भेटिएका नेपालगन्ज उपमहानगरपालिका– २, दैलेखी बंगलाका २० वर्षीय सुन्दर हरिजनको शव परिवारजनले बुझेका छन् । घटनाबारे छानबिन गर्न गठित समितिले कारागार विभागलाई प्रतिवेदन बुझाएपछि परिवारजनले मंगलबार शव बुझेका...

सुन्दर हरिजन मृत्यु प्रकरण : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

काठमाण्डाै – रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजन प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उप–निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् । ...

सुन्दर हरिजन मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ- रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी […]

सुन्दर हरिजनको मृत्युको छानबिन र दोषीलाई कारबाही गर : दलित आयोग

१६ जेठ, काठमाडौं । राष्ट्रिय दलित आयोगले रोल्पा कारागारमा सुन्दर हरिजन मृत भेटिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । चोरी आरोपमा जेल परेका हरिजन आफ्नो कैद अवधि सकिएपछि पनि सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो । आयोगले सजाय पाउनुपर्ने व्यक्तिले उन्मुक्ति पाउनु र सजाय नै नपाउनुपर्ने व्यक्तिलाई नियोजित ढंगले […]

सुन्दर हरिजन मृत्यु प्रकरण : गृहले बनायो छानबिन समिति

काठमाडौं : रोल्पाको कारागारमा बन्दी सुन्दर हरिजनले गरेको आत्महत्याका विषयमा अनुसन्धान गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटना के कसरी भएको हो, स्थलगत रुपमा अध्ययन अनुसन्धान छानविन गरी १० दिन भित्र व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न समिति गठन गरिएको हो।कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्र प्रसाद चापागाईको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको हो। यो समितिले प्रतिवेदन दिइसकेपछि घटनाको सत्

कैदीको मृत्युपछि खुल्यो कर्मचारीले गरेको गल्तीको पोल

नेपालगन्जका कैदी सुन्दर हरिजन (चमार) को नाममा अर्का कैदी विजय विक्रम शाहलाई कारागारका कर्मचारीले उन्मुक्ती दिएको खुलासा।...