काठमाडौं : नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले एमडीएमएस प्रणाली ढिलै भएपनि सुरु गरेकोमा प्रशंसा गरेका छन्। पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, मोवाइलको कालो बजारी रोकिने र राजश्व चुहावट बन्द हुने मात्र होईन मोबाइल सेटहरुको सुरक्षा गर्ने एमडीएमएस प्रणाली निकै ढिलो शुरु भए पनि राम्रो हो। तर हाँसो के लाग्छ भने, दुई वर्ष अघि मोबाइल दर्ता गर्नु भनेको मौलिक हक उलंघन हो भनेर माइतीघरमा जुलुस बोलाउनेहरुले मोबाईल दर्