रोल्पा - रोल्पामा केही दिनयता भाइरल ज्वरोका बिरामीकाे सङ्ख्या बढेकाे छ।
गएकाे दुई हप्तादेखि रोल्पा अस्पतालमा मात्रै दैनिक १ सय ५० देखि २ सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । अस्पतालमा आउने धेरैजसो बिरामीहरुमा ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएको रोल्पा अस्पतालले जनाएको छ ।
कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेकाले धेरैजसो बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले जानकारी दिनुभयो । रोल्पा अस्पताल बाहेक जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरुमा पनि ...