सत्ता गठबन्धनकाे बैठक निष्कर्षविहीन, बेलुका फेरि बस्ने

काठमाण्डाै – पालिका चुनावमा सिट भागबन्डा गर्न बसेकाे सत्तारुढ गठबन्धनकाे बैठक विना निष्कर्ष सकिएकाे छ । आज साेमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक निष्कर्षविहीन भएकाे र बैठक बेलुका फेरि बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयाे ।  यसअघि सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको हिजाे आइतवार बसेकाे बैठकमा पनि कुनै टुङ्गाे लागेकाे थिएन । पालिका चुनावमा सिट बाँडफाँट गर्न भन्दै केही दिन...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेतालाई ब्रिफिङ गरिने

सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, भोलि साँढे ११ बजे पुन: बस्ने

काठमाडाैं : सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन।सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा बीचको आजको बैठक असफल भएको हो।महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास विना निष्कर्ष सकिएको हो।धेरै ठाउँमा सहमति नजिक पुगेको र त्यसलाई अन्तिम रुप दिन भोलि (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको कांग्रेस

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, मंगलबार फेरि बैठक बस्ने

काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको छ । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन गरिएको दिनभरको प्रयास असफल भएको हो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको कांग्रेस नेतासमेत रहेका...

सत्ता गठबन्धन तीन घण्टे बैठक निष्कर्षविहीन, भोलि १० बजे अर्को बैठक बस्ने

‘आजको बालुवाटार बैठक सकियो,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ ।’