'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...