संखुवासभामा कांग्रेस-एमाले कडा टक्कर #NepalVotes #NepalElection2017

प्रदेश नम्बर १ को पहाडी जिल्ला संखुवासभामा एमाले र कांग्रेसको कडा टक्कर देखिएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेद्वार राजेन्द्र प्रसाद गौतम ९२६ मतले अगाडि छन्। उनलाई कांग्रेसका दीपक खड्काले कडा टक्कर दिइरहेका छन्। राजेन्द्र प्रसाद गौतम - नेपाल कम्युनिष्ट पार्टी (एमाले) १८४९६ दिपक खड्का-नेपाली काँग्रेस १७५७०

सम्बन्धित सामग्री

संखुवासभाकाे प्रदेश सभा (ख) मा समाजवादी र एमालेका उम्मेदवारबीच कडा टक्कर

संखुवासभा । संखुवासभामा प्रदेश सभा सदस्य (ख) मा प्रत्यक्षतर्फकोे मतगणना नेकपा एकीकृत समाजवादीकाे अग्रता रहेको छ । शुक्रबार संखुवासभा प्रदेशसभा (ख) तर्फ नेकपा एकीकृत समाजवादीकी उम्मेदवार सरिता थापा खड्काले १० हजार ९ सय ८१ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिदुर लिङथेपले १० हजार ८ सय ७ मत प्राप्त गरेर पछ्याईरहनुभएकाे […]

संखुवासभामा वाम गठबन्धन र कांग्रेसको कडा टक्कर

संखुवासभामा वाम गठबन्धन र नेपाली कांग्रेस बिचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र प्रसाद गौतमले कांग्रेस उम्मेदवार दिपक खड्कालाई ८४ मतले अग्रता दिइरहेका छन्। गौतमले १हजार ९ सय ८६ मत ल्याएका छन् भने खड्काले १हजार ९ सय २ मत पाएका छन्। यहाँ संघिय समाजवादी फोरमले २२ मत ल्याएर तेस्रो स्थानमा छ।