दिल्लीमा लकडाउन एक हप्ता थपियो

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउन एक साता थप गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन एक साता बढाउने घोषणा गरेका हुन्। अब १० मे सम्म लकडाउन हुनेछ। यसअघि ३ मे सम्म लकडाउन गरिएको थियो। यसअघि दिल्लीका व्यापारीहरूको संगठनले ३ मे पछि पनि स्वेच्छिक लकडाउनको घोषणा गरेको थिए। दिल्लीमा कोरोना महामारीको भयावह अवस्था छ।

सम्बन्धित सामग्री

सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने

अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।  सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार न्यू साउथ वेल्सभर थप १७७ जना सङ्क्रमित भएका छन् । सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन लागू हुने भएको छ । नयाँ थप गरिएको लकडाउन अवधिका लागि प्रतिबन्धात्मक व्यवस्थाहरु पनि थप गरिएको छ । किनमेल गर्नुपरेमा स्थानीय सरकारको अनुमतिम

कैलालीमा थप एक हप्ता लकडाउन गर्न सिफारिस

कैलालीमा थप एक हप्ता लकडाउन गर्ने तयारी गरिएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक हप्ताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । थप एक साता लकडाउन गर्न सिफारिस आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए ।यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि बैशाख मसान्तसम्म लकडाउन गरिएको थियो । तेस्रो चरणको लकडाउन  वैशाख २८ गते राती १२ बजेदेखि जेठ ६ गते राती १२ बजेसम्म गरिएको थियो ।

दिल्लीमा लकडाउन एक हप्ता थपियो

काठमाडौं। भारतको संघीय राजधानी दिल्लीमा एक हप्ताका लागि लकडाउन थपिएको छ। दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले एक हप्ताको लागि लकडाउन थप्ने निर्णय गरेका हुन्। पछिल्लोपटक गरिएको घोषणाअनुसार १० मेदेखि लकडाउन सकिँदै थियो। तर अब १७ मेसम्म लकडाउन घोषणा भएको छ। दोस्रो लहरसँगै मृत्यु हुनेको संख्या बढेपछि दिल्लीसहित भारतका विभिन्न राज्यमा लकडाउन लगाइएको छ।

दिल्लीमा लकडाउन एक हप्ता लम्बियो

एजेन्सी, २६ वैशाख । भारतको राजधानी दिल्लीमा लकडाउन लम्बिएको छ । दिल्ली सरकारले १७ मे सम्मका लागि लकडाउन लम्बाएको हो । कोरोना भाइरसको महामारी अझै अनियन्त्रित भएपछि दिल्ली सरकारले लकडाउन लम्ब्याएको हो । भारतको अधिकांश शहरहरुमा लकडाउन गरिएको छ । त्यहाँ कोरोना संक्रमण भयावह भएको छ ।-फाइल तस्बिरः एजेन्सी

तीन साता लकडाउन गर्न सिफारिस

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन हप्ता देशभर लकडाउन गर्न सिफारिस गरेको छ

आजदेखि कोहलपुरमा एक हप्ता ‘लकडाउन’

बाँके, बैशाख १२ । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेको कोहलपुर नगरपालिकालाई पनि लकडाउन गरिने भएको छ । गत संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन जारी छ । कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । निर्णयपछि कोहललपुर नगरपालिकामा आइतबार […]

एक हप्ता लकडाउन गर्न सिफारिश

बाँके, ८ बैशाख । कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार बसेको बैठकले वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार बाँकेको कोरोना […]

नेपालगञ्जमा आजदेखि एक हप्ता लकडाउन

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा आज मध्यरातदेखि १५ गतेसम्म लकडाउन हुने भएको हो । लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले सूचना निकालेर जानकारी गराएको छ । आज बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको ...

नेपालगञ्जमा एक हप्ता लकडाउन

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमानगर क्षेत्रभरमा आज मध्यरातिबाट एक हप्ता लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुनेछ।बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको छ भने अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नुपरेको कार्यालयले जनाएको छ।

फ्रान्समा चार हप्ता लकडाउन, स्कुल पनि बन्द

काठमाण्डाै - फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गर्नु भएको हो । एक टेलिभिजनमा सम्बोधन गर्दै उहाँले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ । लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ । यस्तै, उहाँले कोरोनाक...