कैलालीमा थप एक हप्ता लकडाउन गर्ने तयारी गरिएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक हप्ताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । थप एक साता लकडाउन गर्न सिफारिस आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए ।यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि बैशाख मसान्तसम्म लकडाउन गरिएको थियो । तेस्रो चरणको लकडाउन वैशाख २८ गते राती १२ बजेदेखि जेठ ६ गते राती १२ बजेसम्म गरिएको थियो ।