काठमाडौं (अस) । सानिमा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सानिमा बैंक गोकर्णेश्वर शाखा कार्यालयले ‘विश्व मुद्रा सप्ताह २०२२’ को अवसरमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकको महत्त्व, बैंकका उत्पादन तथा सेवाहरू, डिजिटल बैंकिङ सेवा र त्यसको महŒवको बारेमा जानकारी गराइएको बैंकले बताएको छ । त्यस्तै क्यूआर कोड तथा डिजिटल बैंकिङको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे कार्यक्रममा जानकारी गराइएको बैंकको भनाइ छ । बैंकका अनुसार कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सानिमा बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको दाबी गरेको छ ।