नेपाल चीन व्यापारको सबभन्दा प्रभावकारी नाका मानिएका तातोपानी नाकाबाट विगत आठ वर्षमा आयात न्यून र निर्यात शुन्य रहेको छ । २०७१ सालको जूरे पहिरोपछि तातोपानी नाकाबाट व्यापार बन्द जस्तै रहँदै आएको छ । एक किसिमले तातोपानीमा अघोषित नाकाबन्दी नै लागेको छ । २०७१ साउन १७ गते जुरे पहिरोपछि तातोपानीमा रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन …