चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरण झन् रहस्यमय बन्दै गएको छ । पोष्टमार्टम रिपोर्टले चोटपटकबाट मृत्यु भएको नदेखिएपछि अझ यो घटना पेचिलो बन्दै गएको हो ।
राप्ती नगरपालिका–३ की सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो । पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण स्पष्ट हुन नसकेपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ ।
‘पोष्टमार्टम रिपोर्ट हामीसँग आइपुगेको छैन, तर भिसेरा परीक्षणको तयारी भइरहेको जानकारी पाएका छौं,’ चितवनका प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले भने।
प...