काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरू भएको छ । न्युयोर्कमा सुरू भएको यो प्रतियोगितालाई किर्तीमानी खेलाडी सेरेना विलियम्सको अन्तिम प्रतियोगिताको रूपमा हेरिएको छ । आधुनिक टेनिसमा २३ ग्राण्डस्लाम जितेकी सेरेना सर्वाधिक उपाधि जित्ने दोस्रो सफल खेलाडी हुन् । उनीभन्दा बढी अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टले २४ ग्राण्डस्लाम उपाधि जितेकी छिन् । […]