सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली काँग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन् । नेकपा एकालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन् ।महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त