छानविन समितिले धेरै मिहिनेत गर्यो, पूर्व अर्थमन्त्रीमाथिको आरोप पुष्टि भएन  ः सभापति कर्ण

विशेष संसदीय छानविन समितिका सभापति लक्ष्मणलाल कर्णले पूर्व अर्थमन्त्रीमाथि लागेको आरोप पुष्टि हुन नसकेको बताएका छन् । समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा बुझाएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सभापति कर्णले शर्मामाथि लगाइएको आरोप पुष्टि नभएको बताए । उनले १ सय २९ पेजको प्रतिवेदन तयार पारेको बताउँदै त्यसमा केही फरक मत पनि रहेको बताए । उनले जेष्ठ सदस्य रहेका कारण आफूलाई सभापति बनाइएको बताउँदै समितिले प्रतिवेदन दिन नसक्ने भनेर गरिएको प्रचारबाजीलाई झुटो सावित गरेको बताए । उनले स