नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखिएको भन्ने खबर असत्य भएको बताएका छन् ।
काठमाडौं । रुसको राजधानी मस्कोको दक्षिणी क्षेत्रमा बुधवार भएको एक विस्फोटमा दुई ट्राफिक प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिले दिएको जानकारी अनुसार डिसेम्बर २३–२४ को मध्यरातमा मस्कोको येलेत्स्काया सडकमा एउटा प्रहरी गाडी नजिकै शंकास्पद व्यक्ति देखिएपछि दुई अधिकारीहरू उनीकहाँ पुगेका थिए । सोही क्रममा अचानक विस्फोटक पदार्थ विस्फोट भएको समितिले […]
काठमाडौँ । इजरायलले आगामी दश वर्षमा हतियार निर्माणका लागि एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार स्वतन्त्र हतियार उद्योग विकास गर्न आगामी १० वर्षमा एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका हुन् । “मैले इजरायलका लागि स्वतन्त्र हतियार उद्योग निर्माण गर्न आगामी दशकमा कुल तीन खर्ब […]
काठमाडौँ । काठमाडौँको बालाजुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बालाजु बाइसधारा गेट अगाडि गए राति करिब साढे १० बजे बागमती प्रदेश ०१-००६ ख ३४५४ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनापछि ट्रकलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं । विराटनगरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। मोरङ प्रहरीका अनुसार थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक […]