काठमाण्डाै – महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाण्डाैकाे बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाबारे हिजाे मङ्गलवार दिउँसाे ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजी र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे ए...