महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालाई पक्राउ गरेको थियो । उनीसँगको बय