काठमाण्डाै – आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् ।
खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । उसले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । साविक विजेता संकटा क्लबलाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
एपीएफले बीवाईएससी मिनेसोटा यूएसएलाई हराउँदै अन्तिम चारमा पुगेको हो । आजदेखि स्वास्...