६ महिनामा टेलिकमको कुल आम्दानी करिब २२ अर्ब, नाफा ३ अर्ब ८९ करोड

नेपाल टेलिकमले ६ महिनामा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को पुस मसान्तसम्म ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ खुद नाफा कमाएको हो । टेलिकमले प्रकाशित गरेको वित्तिय प्रतिवेदन अनुसार गत आवको दोस्रो त्रैमासिकको पुस मसान्तसम्मको मुनाफा भन्दा यो आवको पुससम्म १८.४९ प्रतिशत अर्थात ६० करोड ८४ लाख ८१ हजारले वृद्धि भएको हो...

सम्बन्धित सामग्री

नेपाल टेलिकमको खुद नाफा घट्यो

काठमाडौं– नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको […]

नेपाल टेलिकमको नाफा ४ अर्ब २५ करोड

२९ माघ, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ग्राहक सेवाबाट प्राप्त गर्ने आम्दानी घटेपनि ब्याज लगायत अन्य अम्दानीमा वृद्धि हुँदा कुल आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही […]

नेपाल टेलिकमको आम्दानी सामान्य बढ्यो, नाफामा भने कमी

काठमाण्डाै – नेपाल टेलिकमको आम्दानी बढेको छ भने नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म टेलिकमको आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा आठ करोड ७७ लाख ४३ हजार रुपैयाँले धेरै हो ।  यस्तै तीन महिनामा कम्पनीको कुल सञ्चालन आय नाै अर्ब सात करोड ७५ लाख रुपैयाँ रहेको छ । यो गएकाे वर्षको तुलनामा ६९ करोड ७७ लाख रुपैयाँले कमी हो । टेलिकमको कुल आयमा सामान्य वृद्धि भए पनि नाफा भने घटेको छ । साउनदेखि अस...

३ महिनामा टेलिकमको आम्दानी ११ अर्ब ४ करोड, नाफा २ अर्ब २२ करोड

नेपाल टेलिकमले ३ महिनामा ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमास साउनदेखि असोजसम्म टेलिकमले कुल ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको हो ।  गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि (२०७८ आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आश्विन मसान्त) सम्ममा कुल आय रु. ८ करोड ७७ लाख...

नेपाल टेलिकमको नाफा ८ अर्ब बढी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा १७.५४ प्रतिशतले बढी हो । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ अर्ब २७ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४३ करोड रुपैयाँ कायम पुगेको छ । टेलिकमले सेवा व्यापारबाट गर्ने […]

यस्ता छन् टेलिकमको नाफा बढ्नुका कारण, ब्याजबाटै ७७ करोड आम्दानी

आर्थिक वर्ष ७८/७९ मा नेपाल टेलिकमको खुद नाफा १७.५४ प्रतिशतले बढेको छ  । आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको कम्पनीको खुद मुनाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेकोमा आर्थिक वर्ष ७८/७९ को अवधिसम्ममा (२०७९ आषाढ मसान्त ) मा कम्पनीको खुद नाफा १ अर्ब २५ करोड ६ लाख ४७ हजारले वृद्धि भई ८ अर्ब ३८ करोड ८८ हजार पुगेको हो ।यस अवधिमा  कम्पनीको कुल सञ्चालन आय ५.४४ प्रतिशतले वृद्धि भई ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार पुगेको छ। त्यस्तै कम्पनीको  कुल आय ५ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार पुगेको छ। कम्पनीले खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको जनाएको छ । कार्य सञ्चालन आयमा वृद्धिः• Data सेवाको प्रयोगमा वृद्धि भएका कारण GSM Data तर्फ करिब रु. ५० करोड वृद्धि भएको • 4G सेवाको व्यापक विस्तार गरिएका कारण GSM Voice सेवाको प्रयोग वृद्धि भई करिब रु. २ अर्ब ५५ करोड वृद्धि भएको। कार्य सञ्चालन आयमा कमी: • अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार Domestic अन्तरआबद्धता शुल्क (Tariff) मा कमी आएको र OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब रु. ७० करोडले कमी भएको । • Wireless सेवाको प्रयोगमा वृद्धि भएसँगै Wireline सेवाको प्रयोग घटेकोले राजस्वमा करिब रु. २१ करोडले कमी आएको। • CDMA सेवा GSM सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब रु. १२ करोडले कमी आएको ।गैर कार्य सञ्चालन आयमा भएको परिवर्तनः• बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानी करिब रु. ७७ करोडले वृद्धि भएको । • विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु. ३७ करोड Foreign exchange Gain भएको। •कम्पनीको लेखा नीति तथा IFRS/NFRS बमोजिम Impairment तथा Finance Cost मा गत आ.व.मा भन्दा कमी आएको।

नेपाल टेलिकमको नाफा साढे २३% घट्यो

साउन ३१, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले रू. ७ अर्ब ४५ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  यो नाफा अघिल्लो वर्षको यसै अवधिसम्म रू. ९ अर्ब ७४ करोड ८९ लाखभन्दा बढी थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा २३ दशमलव ५४ प्रतिशत कम भएको हो ।  गत वर्ष कुल आम्दानी ३ दशमलव १४ प्रतिशत कम भएकाले पनि कम्पनीको नाफामा कमी आएको हो । अघिल्लो वर्ष रू. ४२ अर्ब ९८ करोड ७४ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ४१ अर्ब ६३ करोड ८७ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा ६ दशमलव २० प्रतिशत बढी रू. ८१ अर्ब ६० करोड ६९ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ४९ दशमलव ६९ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ६४४ दशमलव शून्य ५ छ । यस अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात भने २६ दशमलव ४४ गुणा छ ।                                                             स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

टेलिकमको प्रतिसेयर आम्दानी १ सय रुपैयाँ

नेपाल टेलिकमको प्रतिसेयर आम्दानी १ सय रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष ८८ रुपैयाँ ४७ पैसा रहेकोमा यो वर्ष प्रतिसेयर आम्दानी १२ रुपैयाँले बढेको हो। कम्पनीले गत आर्थिक वर्ष ट्याक्स छुट्याउनुअघि खुद २० अर्ब ४६ करोड नाफा कमाएको छ। ५ अर्ब ४४ करोड ट्याक्स छुट्याउँदा कम्पनीको खुद नाफा १५ अर्ब १ करोड हुन आउँछ। कम्पनीको…