पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिनअघि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधी निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिए