कोपा अमेरिका कपमा उरुग्वेको पहिलो जित

काठमाडौं।कोपा अमेरिकाकप फुटबलमा उरुग्वेले पहिलो जित हात पारेको छ। गएराति भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० ले हराएको हो।उरुग्वेको जितमा इडिन्सन काभानीले एक गोल गरे भने बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल उपहार दिएका थिए।यो जितपछि ३ खेलबाट ४ अंक जोडेको उरुग्वे अंक तालिकाको चौथो स्थानमा छ र अघिल्लो चरणमा प्रवेश गर्ने निश्चित भएको छ। अंकबिहीन बोलिभिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

सम्बन्धित सामग्री

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कपको उपाधि

काठमाडौं। कोपा अमेरिका कप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार बिहान भएको फाइनलमा ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ। अर्जेन्टिनाको जितमा खेलको २२ औं मिनेटमा एन्जेल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो। अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक कोपा अमेरिका कपको उपाधि जितेको हो। यो सँगै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २८ वर्षदेखिको उपाधिको खडेरी तोडेको छ।

अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जितमा गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने। उनले कोलम्बियाका ३ पेनाल्टी रोकेका थिए। निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ।

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका कपको फाइनलमा

काठमाडौं। ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो पटक फाइनलमा पुग्ने क्रममा साबिक विजेता ब्राजिलले पेरुमाथि १–० को जित निकालेको हो। ब्राजिलको जितमा खेलको ३५औं मिनेटमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक भयो । अब उपाधिका लागि उसले अर्जेन्टिना र कोलम्बियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको सेमिफाइनल खेल भोलि हुनेछ ।

कोपा अमेरिका: सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने

एजेन्सी।कोपा अमेरिका कप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।आइतबार बिहान क्वाटर फाइनलका दुई खेल सम्पन्न भएसङै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको छ।अब प्रतियोगिताको सेमिफाइनलमा साबिक विजेता ब्राजिलले पेरुको र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई, पेरुले पाराग्वेलाई, कोलम्बियाले उरुग्वेलाई र अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेका हुन्।६ जुलाईमा ब्राजिल र पेरु तथा ७ जुलाईमा अर्जेन्टिना र कोलम्बियाबीच सेमिफाइनल खेल हुनेछ।

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका कपको सेमिफाइनलमा

काठमाडौं। इक्वेडरमाथि ३–० को जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले एक गोल गरे भने दुई गोलका लागि पास उपलब्ध गराए। खेलको ४०औं मिनेटमा रोड्रिगो डि पाउलको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। ८४ औं मिनेटमा लौटारो मार्टिनेज र अतिरिक्त समयमा मेस्सीले गोल गरे। अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्नेछ।

कोपा अमेरिका : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौं।कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ।समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।खेलको ३७ औं मिनेटमा एडर मिलिटाओको गोलबाट ब्राजिलले अग्रता लियो ।तर एन्जल मिनाले ५३ औं मिनेटमा इक्वेडरका लागि बराबरी गोल फर्काए। पछिल्ला १० खेलमा लगातार विजयी भएको ब्राजिलको विजयी यात्रामा ब्रेक लागेको छ। बराबरीसँगै इक्वेडर क्वाटरफाइनलमा पुगेको छ।

कोपा अमेरिका कप : पाराग्वेद्वारा चिली पराजित

काठमाडौं।कोपा अमेरिका कप फुटबलमा पाराग्वे विजयी भएको छ।आज बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० ले हराएको हो। पाराग्वेको जितमा खेलको ३३ औं मिनेटमा सामु र मिगुएल अलमिरनले ५८ औं मिनेटमा पेनाल्टीमार्फत एक एक गोल गरे। यो जितपछि पाराग्वे ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। चिली ५ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको अर्जेन्टिनाको ७ अंक छ।

कोपा अमेरिका कपमा कोलम्बियाद्वारा इक्वेडर पराजित

एजेन्सी। कोपा अमेरिका कप फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ। आज बिहान भएको दोस्रो खेलमा कोलम्बियाले इक्वेडरलाई १–० ले पराजित गरेको हो। उसको जितमा खेलको ४२ औं मिनेटमा एड्विन कार्डोनाले गरेको गोल नै निर्णायक बन्यो। उनले मिगुएल बोर्जाको पासमा गोल गरेका थिए। जितसँगै उसले समूहमा ३ अंक जोडेको छ। यो समूहमा भेनेजुएलालाई ३–० ले हराएको ब्राजिल शीर्ष स्थानमा छ।

कोपा अमेरिका कपमा ब्राजिलको विजयी सुरूवात

एजेन्सी। कोपा अमेरिका कप फुटबलमा ब्राजिलले विजयी सुरूवात गरेको छ। आज बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–०को जित निकालेको हो। टिमका १२ खेलाडी तथा प्रशिक्षण अधिकारीहरुमा कोरोना देखिएपछि भेनेजुएलाको टिम समस्यामा परेको छ। साबिक विजेता ब्राजिलको जितमा मार्क्वीन्होस, नेइमार र गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरे। यो समूहमा कोलम्बिया, इक्वेडर र पेरु पनि छन्।

कोपा अमेरिका कप फुटबल अर्जेन्टिनामा नहुने

एजेन्सी। जुन १३देखि जुलाई १०सम्म हुने तय भएको कोपा अमेरिका दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल)ले सोमबार अर्जेन्टिनामा नगर्ने निर्णय गरेको छ। कम्मेबोलले कोरोना संक्रमणका कारण अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगर्ने निर्णय गरेको हो। कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनादेखि स्थगित गरिएको छ। कम्मेबोलले प्रतियोगिताका लागि अन्य राष्ट्रहरुसँग छलफल गरिरहेकाले प्रतियोगिता आयोजना गर्ने राष्ट्र भने तय भइसकेको छैन।